कक्षा ११ र १२ मा गणित विषय पनि अनिवार्य

 

कक्षा ११ र १२ मा गणित विषयलाई पनि अनिवार्यमा राखिएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदकाे बैठकले कक्षा ११ र १२ मा गणित विषयलाई पनि अनिवार्यमा राख्ने निर्णय गरेको हो ।

अब कक्षा ११ र मा १२ सामाजिक शिक्षा तथा जीवनोपयोगी र गणित मध्ये  विद्यार्थीले एक रोज्न पाउनेछन् ।

‘कक्षा ११ र मा १२ सामाजिक शिक्षा तथा जीवनोपयोगी र गणित मध्ये विद्यार्थीले एक रोज्न पाउनेछन् ’, शिक्षा मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यो निर्णयसँगै गणित विषयको विवाद सकिएको छ ।’

यसअघि नयाँ पाठ्यक्रममा गणित विषयलाई चौथो समूहमा राखिएको थियो । ऐच्छिकमा राखिएकाले विद्यार्थीले चाहेमा मात्र पढ्न पाउने थिए ।

‘हाम्रो माग पूरा भएको छ । सरकारको निर्णयलाई स्वागत गर्छौं’, गणित समाजका सह–सचिव डा. जीवन काफ्लेले भने, ‘गणित विज्ञानको मुटु हो । विज्ञान विषय पढ्नेका लागि गणित अनिवार्य नै चाहिन्छ ।’

पाठ्यक्रमको विषयलाई लिएर सर्वोच्चमा रिटसमेत परेको थियो । सर्वोच्चले नयाँ पाठ्यक्रम लागू गर्न र गणित विषयको विवाद समाधान गर्न निर्देशनात्मक आदेश दिएको थियो । अब नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुनेछ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.