कम्युनिष्टलाई भोट दिनेहरु पछुताई रहेका छन्–के.स. भण्डारी

अमरराज नहर्की

नेपाली काँग्रेसका केन्द्रीइ सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले कम्युनिष्टका कारण देश बर्बादीमा धकेलिएको बताएका छन् । सो कुरा भण्डारीले भानु नगरपालिकोको नयाँबस्तीमा पाटी प्रवेश कार्यक्रमका बताएका हुन् । मुलुक र जनताको हितमा भन्दा व्यक्तिगत स्वार्थमा लागेकोले कम्युनिष्ट सरकार प्रति जनता आजित भएको भण्डारीको भनाई थियो । युवा तरुणहरुलाई कम्युनिष्टको भ्रममा नपर्न पनि उनले आग्रह गरेका थिए । प्रधानमन्त्रीले केपी ओलीले भष्ट्राचरसँग जोडिएका मन्त्रीलाई संरक्षण गरेकाले मत दिएका जनता पछुताईरहेको बताएका थिए । गोकुल बास्कोटा प्रति इंकित गर्दै भष्ट्रचार काण्डका कारण मन्त्रीले राजिनामा दिनु पर्ने अबस्था आउनु दुःखत भएको उनको धारणा राखेका थिए ।

भानु नगरपालिका–१ नयाँबस्ती,गन्धर्वटोल २५ जना आईतबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । यि प्रवेश गरेसँगै नयाँबस्ती नेकपा मुक्त बनेको पार्टी प्रवेश कार्यक्रममा जानकारी दिईयो । भानु नगरपालिका –१ कै साखेटारमा २६ जना, भन्सार १४ जना र बाँकी वडा नम्बर ३ का गरी ८० जना भन्दा बढी नेकपा परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । वडा नम्बर १ का नेकपाका वडा कमिटी सदस्य तुलबहादुर गुरुङ सहितको टोली नेपाली काँग्रेसमा प्रवेश गरेको हो । गन्धर्व सास्कृति समाजका अध्यक्ष एकबहादुर गन्र्धवको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेका महासमितिका सदस्य रामचन्द्र अधिकारी, आनन्दराज त्रिपाठी, महाधिवेशन प्रतिनिधी समुन्द्र गोदार, पूर्व महाधिवेशन प्रतिनिधी धुव्र प्रधान, जिल्ला सदस्य उत्तम लोहनी, लगायतले बोलेका थिए । कार्यक्रममा तरुणहरुको बाक्लो उपस्थिती रहेको थियो । नव प्रवेशीलाई माला र खादा लगायर के.स. भण्डारीले स्वागत गरेका थिए । यसैबीच भण्डारी स्वर्गिय सुर्यबहादुर ठकुरीको १३ औं पुण्यतिथीमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.