Trending

यात्रुबाहक बस खोल्सामा खस्दा १७ जना घाइते

मंसिर ११ ,आँबुखैरेनी ।

तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालय अगाडी रहेको खोल्सामा यात्रुबाहक बस खस्दा १७ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस सडकबाट पाँच मिटर तल खसेको हो ।

घटनामा परी बसमा सवार १४ जना यात्रु तथा बसको पछाडिको भागको ठक्करबाट आँबुबाट दमौलीतर्फ आउँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरमा सवार तीन जना पनि घाइते भएका छन् ।

तनहुँका ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि भरतपुर तथा एकलाई पोखरा पठाइएको जानकारी दिए । अन्य घाइतेको अवस्था सामान्य रहेको र केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको उनले जानकारी दिए । घाइते हुनेमा तनहुँ, पर्वत र स्याङजाका यात्रु अधिक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

Back to top button