बिद्यालयमा भएकाे अनियमितताका कारण तालाबन्दी

चितवनको भरतपुर महानगरपालिका १ देवघाटमा रहेको जिल्लाकै एकमात्र संस्कृत विद्यालय श्री सिताराम संस्कृत माध्यामिक विद्यालयको प्रशासनमा लागेको ताला अझै खुल्न सकेको छैन।  विद्यालय व्यवस्थापन समितिको यहि मंसिर ९ गते बसेको बैठक पाचौं पटक पनि बिना निष्कर्ष टुंगिदा विद्यालयमा राजनैतिकरण भएको दावी गर्दै विद्यालयका पूर्व विद्यार्थीहरू बिकास ढकाल र सुरज घिमिरेको नेतृत्वमा विद्यालयमा ताला लगाएको थियो। सो ताला आजसम्म पनि खुल्न नसकेको हो।
विद्यालयमा रिक्त रहेको अंग्रेजी विषयको निमावि शिक्षक दरबन्दीमा आउने शिक्षक छनौट गर्ने क्रममा विद्यालयमा राजनीतिकरण भएको  भन्दै  तालावन्दीसम्मको घटना क्रम घटेको पुर्व विद्यार्थी ढकालले बताएका थिए।
यसै बिच तालाबन्दीसम्मको घटना क्रम पछि मसिर ११ गते सिताराम मा।वि भु।पु विध्यार्थीद्वारा एक प्रेस विज्ञप्ति सार्वजनिक भएको छ ।
सो विज्ञप्ति मा भनिएको छ नेपालकै पुरानो तथा चितवनको एक मात्र संस्कृत विद्यालय श्री सिताराम संस्कृत माध्यमिक  विद्यालय विगत लामो समय देखि संस्कृत शिक्षाको संरक्षण प्रवर्धन तथा अध्ययन अध्यापनमा लागि परिरहेको आम सर्वसाधारणलाई अवगत नै छ । सरस्वती मन्दीरको रुपमा रहेको यस शिक्षालय लाई विकृतिको रुपमा लागि यस विद्यालयको अस्तित्व नै मेटाउने गरी राजनितिक हस्तक्षेप गर्दै शिक्षक छनौटको विषयमा विवाद सृजना गरी विद्यालयको सञ्चालक समितिका कैहि सदस्यहरुले आफ्नो स्वार्थ पूर्ति गर्ने उद्देश्यबाट प्रेरित भई लामो समय यस विद्यालयको विकासमा समय खर्चनु भएका प्रधानाध्यापकलाई घेराबन्दी गरी बाध्य रुपमा राजीनामा मागका कुराहरु विज्ञप्तिमा रहेको छ।

विज्ञप्तिका ४ बुदे मागहरुः
१) विद्यालयको हितका लागि आफ्नो नभई राम्रो शिक्षक ल्याउनुपर्ने ।
२) शिक्षकहरुको गुटबन्दीको अन्त्य हुनुपर्ने ।
३) विद्यालय परिसरमा राजनितिक वातावरणको अन्त्य हुनुपर्ने ।
४) सुन्दरशान्त वातावरणमा विद्यार्थीको पठन पठन नियमित सञ्चालन हुनुपर्ने
यी मागहरु पुरा नभए सम्म यस विद्यालयको प्रशासनमा लगाएको ताला अनिश्चितकालिन बन्द गरेको जानकारी समेत गरिएको छ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु

काठमाडौँ— बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु

गोरखा नगरपालिका वडा नं. ९ ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु भएको छ । गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग. १ क

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटारमा आयोजित वक्तृत्व कला प्रतियोगितामा ठाँटीपोखरी बाल ज्योति बोर्डिङ स्कुलका रानाभाट प्रथम

भाद्र २९ गते राष्ट्रिय बालदिवसकाे अवसरमा पालुङटार नगरपालिका स्तरीय बाल क्लब सञ्जालले बालबालिकामा लगानि , सुनिश्चित भविष्यकाे थालनि विषयक अन्तर मा वि वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

सबै पढनुहोस »
अन्तर्राष्ट्रिय
गोर्खा संसार

अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधी युनाईटेडले चुम्यो।

ओम बहादुर कुमाल/ साउदी अरेबिया अलहासा फुटबल क्लबद्वारा आयोजित गोल्डकपमा युनाइटेडको सेती र हरियो गरि जम्मा १४ टिम सहभागी प्रतियोगितामा एउटै टिम युनाईटेड सेतो र

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ ।भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पर्यटन व्यवसायमा कोशेढुङ्गा साबित हुँदै बन्दीपुर केवलकार

 तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ। गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो।बन्दीपुर केबलकार

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.