
मङ्सिर ९, गाेरखा ।
गाेरखाबाट नक्कली कागजात बनाएर जिल्ला बाहिर लैजान लागेका गाेरूसहितकाे ट्रक स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाइ जिम्मा लगाएका छन् ।
जिल्लाकाे सिरान्चाेक गाउँपालिका वडा नम्बर ५ बाट सङ्कलन गरी ल्याएका गाेरुलाइ गाेरखा नगरपालिका वडा नम्बर १२ स्थित नाैकिलाे बजारमा स्थानीय युवाहरुले नियन्त्रणमा लिएका हुन् । ना ७ ख ४२७० नम्बरका ट्रकमा भएका १९ गाेरुलाइ ट्रक सहित नियन्त्रणमा लिए लगतै प्रहरीलाइ खबर गरी मुचुल्का उठाएर जिल्ला प्रहरी कार्यलय गाेरखामा राखिएकाे छ ।
साेमबार राती १० बजेकाे समयमा नियन्त्रणमा लिएकाे गाेरु सहितकाे ट्रक जिल्ला भेटनरी अस्पतालमा बुझाउने घटनास्थलमा भेटिएका प्रहरी अधिकारीहरुले बताएका छन् ।
गाेरुलाइ हेटाैडा उपमहानगरपालिका १९ स्थित चिसापानी स्थित भीम बहादुर सुनारकाे पशु फारममा लैजाने अनुमित दिने अधिकारी डाक्टर जीवन पाेखरेल तत्कालिन जिल्ला पशु सेवा कार्यलय गाेरखाबाट अवकाश प्राप्त कर्मचारी हुन् ।
डाक्टर पाेखरेलले जसरि नै अनुमति दिने हाे भने पेन्सनमा बसेका प्रमुख जिल्ला अधिकारीले घरमै बसेर नागरिकता वितरण गर्न पाउँछन् स्थानीय एक नागरिकले भने ।
पहाडी क्षेत्रमा पाइने स्थानीय जातका गाइबाट उत्पादन भएका गाेरुहरु खेतबारी जाेत्नका लागि प्रयाेग गर्ने गरिन्छ । किसानहरुलाइ धेरै मूल्य दिएर गाउँमा भएका गाेरुहरु जम्मा गरेर यस अघि पनि पटक पटक उक्त ट्रकमा जिल्ला बाहिर निकासी भएकाे स्थानीय युवाहरुले बताएका छन् । यस अघि गाइ समेत लगेकाे उनीहरुकाे भनाइ छ । याे रातकाे समयमा हामी सडकमा किन बस्थ्याैँ ? गाउँघरमा भीरबाट लडेकाे गाइगाेरुकाे मासु खाँदा समेत प्रहरीले पक्रन्छ तर यतिका धेरै गाइगाेरु कहाँ, केका लागि, कसले, किन लैजादै छ भन्ने जानकारी लिनुपर्छकी पर्दैन ? उनले भने ।
गाइगाेरु आेसारपसार गर्नेलाइ के कारवाही गर्ने भन्ने कुरा भेटनरी अस्पतालकाे भएकाे प्रहरी अधिकारीले बताएका छन् । अवैध भएकाले आफूहरुले नियन्त्रणमा लिएकाे उनले बताए । गाेरखाबाट गएकाे प्रहरीले स्थानीयलाइ साक्षी राखेर १९ जिउ गाेरुकाे मुचुल्का उठाएकाे थियाे ।