आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका बैठक छिम्कालेकको लाब्दीमा सम्पन्न

छिम्केश्वरी, ५ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक छिम्कालेकको लाब्दीमा सम्पन्न भएको छ। गाउँपालिकाको कार्यपालिका बैठक पहिलो पटक आँबुखैरेनी गाउँपालिका ५ स्थित छिम्कालेकको लाब्दि गाउँमा आज सम्पन्न भएको हो। 
उक्त बैठकले निर्माणधिन छिम्केश्वरी माईको मन्दिर निर्माणका लागि थप १५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा मन्दिर निर्माणका लागि १५ लाख रुपैयाँ बिनियोजन गरेकोमा थप १५ लाख रुपैयाँ विनियोजन गरि यहि आर्थिक वर्ष भित्रमा छिम्केश्वरी मन्दिर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरलले जानकारी दिनुभयो।

 

IMG_4242.png
कार्यपालिका बैठकबारे जानकारी दिदै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस वर्ष गाउँपालिकामा सूचिकृत ५४१ जना बेरोजगारहरुलाई रोजगार उपलब्ध गराउन न्युनतम १० लाख देखि १८ लाखसम्मका विभिन्न योजनाहरु छनौट गरिएको पनि उहाँले बताउनुभयो।
‘‘जस अनुसार यस वर्ष गाउँपालिकाले सूचिकृत सम्पूर्ण बेरोजगारहरुलाई न्युनतम रोजगारमा सहभागी गराई दैनिक ५१७ का दरले ७५ लाख ७१ हजार रुपैयाँ भुक्तानी दिनेछौ’’ –उहाँले भन्नुभयो।

 

IMG_4248.jpg
यस्तै बैठकले गाउँपालिकाको नयाँ बनिरहेको प्रशासकिय भवन आसपास रहेका अव्यवस्थित बसाईका घरहरुलाई केहि क्षतिपुर्ती सहित व्यवस्थापन गर्ने भएको छ भने सुरक्षित आवास कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र खरको छाना भएका १ सय ९२ घरधुरीलाई जस्तापाता सहितको नयाँ आवास निर्माण गरिदिने भएको छ।

 

IMG_4250.jpg
यसैबिच कार्यपालिका बैठकलाई सम्बोन्धन गर्दै जिल्लाकै सबैभन्दा अग्लो र धार्मिक पर्यटनको सम्भावना बोकेको छिम्केश्वरी माईको प्रवद्र्धनमा सघाउ पु¥याउने हेतुले पहिलो पटक छिम्कालेकको लाब्दिमा बैठक आयोजना गरिएको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले बताउनुभयो। ‘पर्यटनको प्रचुर सम्भावना रहेर पनि ओझेलमा रहेकोले कम्तीमा कार्यपालिका बैठक यहाँ राखेर यो ठाउँको प्रचार प्रसारमा सघाउ पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौ’ –उहाँले भन्नुभयो। साथै छिम्कालेक र छिम्केश्वरीको प्रचार प्रसारमा सञ्चारमाध्यम र पत्रकारहरुले भुमिका महत्वपूर्ण हुने हुदा सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो।

 

IMG_4256.jpg
समुद्री सतह देखि करिब २ हजार १ सय ३४ मिटर उचाईमा रहेको छिम्कालेक तनहुँ जिल्ला कै अग्लो डाडाँ मात्र नभै महाभारतीय पर्वतीय श्रृङ्खलाको पनि सबैभन्दा अग्लो पहाड हो। यहि डाडाँ छिम्केश्वरी माईको मन्दिर रहेको छ। यहाँबाट वरपर हिमालका साथै  रमणीय डाडाँकाडाका दृश्यहरु देख्न सकिन्छ। यसका साथै मनकामनाका माई कि दिदिको रुपमा पुज्दै आएको छिम्केश्वरी माई रहेको छिम्कालेक डाडाँबाट इच्छाकामना, बुढिकोटी माई, अकला माई, गोरखकाली माई, अन्नपूर्ण माई लगायतका स्थलहरु पनि देख्न सकिन्छ।

 

IMG_4184.jpg
यसैले पनि यो स्थललाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकाश गर्दै लैजानका लागि गाउँपालिका लागि परिरहेको गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले बताउनुभयो। छिम्केश्वरी पुग्न पछिल्लो समय आँबुखैरेनी, पावरहाउस, घुमाउने लगायतका स्थानहरुबाट समेत मोटरबाटोको ट्रयाक खोल्ने काम भएको उहाँले बताउनुभयो। ‘अहिले आँबुखैरेनीबाट छिम्केश्वरी आउने मोटरबाटो समेत कालोपत्रे गर्नका लागि धमाधम काम भैरहेको छ’ –उहाँले भन्नुभयो।

IMG_4281.jpg

Ichhakamananews.com

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.