बन्दिपुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शिलान्यास

तनहुँकाे बन्दिपुर १ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको शिलान्यास गरिएको छ ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले एक कार्यक्रमका बीच शनिबार उक्त भवनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा मन्त्री चुमानले जनताको आारभूत आवश्यकताहरू आगामी २ वर्षमा जसरी पनि पूरा गर्न स्थानिय, प्रदेश र संघीय सरकार लागि परेको भन्दै हरेक आवश्यकताहरु पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री चुमानले हरेक योजनामा बजेट पर्नु भन्दापनि त्यसको उदेश्य पूरा गर्नु ठुलो कुरा भएको भन्दै बजेट माग गर्ने र काम नगर्ने प्रवृत्ति बढेको र तेस्तो प्रवृत्तिले अन्य काम गरेको र गर्न चाहने क्षेत्रमा बजेटको समस्या भएको बताउनुभयो।जनताहरुलाई बिकासका लागि आगाडी बढ्न अनुरोध गर्दै राम्रो काम भए कुनैपनि क्षेत्रमा बजेटकाे अभाव नहुने बताउनु भयो ।

शहरी स्वास्थ्य ईकाईको भवन निर्माणका लागि बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले ४ आना १२ लाख बराबरको जग्गा, अम्मर बहादुर थापाले ३.५ आना १० लाख बराबरको जग्गा,मदन थापाले ३.५ आना १० लाख बराबरको जग्गा र नहलसिं थापाले २ आना ६ लाख बराबरको जग्गा सहयोग गरेको भन्दै सबैलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रममा बन्दिपुर गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अथिति पूर्णसिंह थापाले गाउँपालिका का ६ ओटै वडामा स्वास्थ्य केन्द्रकाे स्थापना गरि स्वास्थ्य सो केन्द्रबाट जनताहरुलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराएको जानकारी दिँदै रु ३३ लाखकाे लागतमा भवनको निर्माण ठेक्का सम्झौता भएको बताउनुभयो।

बन्दीपुर गाउँपालिका वडा नं १ का अध्यक्ष तथा कार्यक्रम का अध्यक्ष भानुभक्त पाेख्रेलले कार्यक्रममा गण्डकी प्रदेशका माननिय मन्त्री हरि बहादुर साथै बजेटका  लागि विशेष पहल गरिदिनु हुने प्रतिनिधि सभाका सांसद माननीय कृष्ण कुमार श्रेष्ठ , जग्गादाता, जग्गाखोज समितिका सदस्यहरु तथा सहयोगीहरु सबैलाई वडा न १को तर्फबाट विशेष धन्यवाद दिनुभएको थियो।

कार्यक्रमको अन्य अतिथिहरुमा नेकपाका गण्डकी प्रदेश सचिवालय सदस्य हेमराज लामिछाने ” क्षितिज “, प्रदेश सदस्य गीता शाही, जिल्ला सचिवालय सदस्य ईन्द्रबहादुर कुँवर, नेकपाका नेता घनश्याम श्रेष्ठ देवान, शुक्र कुमार श्रेष्ठ, छबिलाल थापा, पदम बहादुर अधिकारी,बन्दिपुर अध्यक्ष विद्या क्षेत्री, सचिव जीवन कायस्थ, धन बहादुर आले, राजु खड्गी, देवी सुस्लिङ,निर्वाचित वडा नं १का सदस्यहरू अमृत शाही, टेक बहादुर राना,बृन्दा सुनार, अन्ज्जीर भट्टाराई,प्रहरी निरीक्षक प्रकाश भुसाल,टोल विकास संस्थाका अध्यक्षहरु रामकुमार शाही, लक्ष्मी लामिछाने, विजय राना,पत्रकारहरु लगाएत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि तथा स्थानीय हरूको उपस्थिति रहेको कार्यक्रममा वडा न १ का निर्वाचित वडा सदस्य अमृत शाहीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमकाे सञ्चालन नेकपा वडा कमिटीका सचिब सुदिप पाेख्रेलले गरेका थिए।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker