चन्द्रमाको सतहमा पानी भेटियाे

काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा पानी भेटिएको जनाएको छ ।

नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमाको एक क्षेत्रमा पानी भेट्टाएको हो । ‘सोफिया’ उडिरहेको प्लेनमा जडित संसारकै सबैभन्दा ठूलो उड्ने अब्जर्भभेटरी टेलिस्कोप हो ।

सोफियाले चन्द्रमाको ‘क्लेभियस क्रेटर’ मा पानी फेला पारेको हो । क्लेभियस क्रेटर चन्द्रमाको दक्षिणी ध्रुवमा अवस्थित छ । यसलाई पृथ्वीबाट पनि देख्न सकिने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नासाको यो खोज सम्बन्धीको अनुसन्धान नेचर एस्ट्रोनोमी जर्नलमा पनि प्रकाशित छ ।

भेटिएको पानीको मात्रा थोरै भएपनि यो महत्त्वपूर्ण अनुसन्धान उपलब्धि भएको नासाका अधिकारीहरुले जनाएका छन् । यहाँ भेटिएको पानी पृथ्वीको साहारा मरुभूमिमा पाइने पानीभन्दा सय गुणा कम हो । हावा नभएको क्षेत्रमा कसरी पानी सम्भव भयो भन्नेमा वैज्ञानिकहरुले पनि चासो दिएका छन् ।

यो नयाँ खोजले वैज्ञानिकहरु उत्साहित भएका छन् । नासाको सन् २०२४ को अर्टमिस मिसनलाई पनि यो खोजले सघाउ पुग्ने नासाले जनाएको छ । अर्टमिस मिसनबाट पहिलोपटक महिलालाई चन्द्रमामा पाइला टेकाइदैछ । यही मिसन अन्तर्गत अन्य ग्रहहरुको अध्ययनका लागि नासाले चन्द्रमा ‘मानव बेस’ पनि निर्माण गर्ने योजना छ ।

चन्द्रमामा पानी भेटिनुका धेरै कारणहरु हुन सक्ने नासाले जनाएको छ । यसका लागि विभिन्न ऊर्जा र अन्तरिक्षामा हुने घटनाक्रमलाई पनि कारक मानिएको छ ।

चन्द्रमामा खस्ने ३० देखि १ मिटरसम्मका अकाशीय पिण्ड(माइक्रो मेटोरिएट्स) का कारण पनि चन्द्रमा पानी भएको हुन सक्ने नासाले आशंका गरेको छ । पानीका कणहरु भएका यस्ता पिण्डहरु चन्द्रामा नै जम्मा हुँदा पानी देखिएको हुन सक्ने नासाले औंल्याएको छ । अर्को कारण सौर्य आँधीले चन्द्रमासम्म हाइड्रोजन ल्याएर त्यहाँ अक्सिन पाइने तत्त्वहरुसँग रसायनिक प्रतिक्रिया गरेर चन्द्रमाको सतहमा हाइड्रोअक्साइल निर्माण गर्छ । माइक्रो मेटोरिएट्सले हाइड्रोअक्साइललाई पानीमा परिवर्तन गरेको हुन सक्ने नासाले जनाएको छ ।

उजाड क्षेत्र पानीको भण्डारण सम्बन्धमा नासाले जमिनमा स-सना बिड जस्तो आकारमा जम्मा भएको हुन सक्ने जनाएको छ । अर्को कारण पानी चन्द्रामाको सतही माटोमा सिधा प्रकाशबाट लुकेर माटोमा भएको हुन सक्ने औंल्याइएको छ ।

साैराहा अनलाइनबाट

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.