कुमालको पहलमा गोर्खाका सेडाई र प्युठानका अधिकारीको उद्दार

दुई बर्ष देखि अबैधानिक रुपमा साउदिमा बसेका गोर्खाका राधाकृष्ण सेडाई र प्युठानका ओम बहादुर अधिकारी लाई विभिन्न नेपाली सामाजिक संघ संस्था ,ब्याबसायी सहयोगी मन हरुको सहयोग समन्वय र सहजिकरणमा स्वदेश फर्किएकाछन ।
बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरब आएको केही महिना भित्र नै कम्पनी छोडी अबैधानिक रुपमा बसि रहेका सेडाई र अधिकारी विश्व ब्यापी महामारी कोरोनाको कहर सुरु भए पछि रोजगार बिहिन भई बसि रहेको थिए । कोरोना (कोभिड -१९) का कारण साउदी अरबका साना र मझौला कम्पनीहरु बन्द भएको र ठुला कम्पनीहरुले कामदार कटौती गरि रहेको बेला अबैधानिक रुपमा बसेका कामदारहरुले काम पाउने वातावरण नै छैन त्यसकारण उनिहरु बिगत ८/९ महिना देखि बेरोजगार भई बसेको र लामो समय देखि बेरोजगार भएको कारण दैनिकि चलाउन समेत विभिन्न संघ संस्थाहरुले प्रदान गरेका राहतका खाध्य सामग्रीले चलेको समेत बताए ।
अबैधानिक रुपमा बसेका कामदारहरुलाई बिना जरिवाना स्वदेश फर्कन सम्बन्धित देशको दुताबासको सिफारिसमा साउदी सरकारको तालुकदार निकाय द्दारा बहिर्गमन भिसा जारी गरिदिइ रहेको अबस्थामा उनिहरु दुबै जनाले स्वदेश फर्कन नेपाली दुताबास समक्ष निबेदन पेश गरे पछि दुताबासबाट सम्पुर्ण कानुनी प्रावधानहरु पूरा गर्दै बहिर्गमन भिसा (EXIT VISA) जारी गरि दिएको थियो । त्यस पश्चात स्वदेश फर्कनको लागि हवाई टिकेटको लागि आबश्यक रकम अभावमा बिचल्लित भएका र विभिन्न ब्याक्तिहरु नेपाली सामाजिक संघ संस्थाहरु सङ्ग सहयोगको लागि हात फैलाउदै हिडे क्रममा गोर्खाका राधाकृष्ण सेडाईलाई हवाई टिकेट युवा कुमाल समाज साउदी अरबका अध्यक्ष तथा अंतर संस्था समन्वय समिती का उपाध्यक्ष ओम कुमाल र एभेरेष्ट होटेल जुबेलका सन्चालक ईश्वर काप्रीले टिकेटको लागत रकम साउदी रियाल १७५०/- (अपक्षेरुपी एक हजार सात सय पचास) करिब नेपाली रुपैया ५५,०००/- सहयोग गरेका छन भने होटेल क्वारेन्टाइन खर्च वापतको साउदी रियाल ५००/- ( अपेक्षरुपी पाच सय साउदी रियाल) अन्तर संस्था समन्वय साउदि अरब द्दारा सहयोग गरिएको छ । सेडाईलाई टिकेट र क्वारेन्टाइन खर्च समेत गरि जम्मा साउदी रियाल २२५०/- ( दुई हजार दुई सय पचास साउदी रियाल) अहिलेको बिनिमय दर साउदी रियाल १ x ३१ = ६९,७५०/- ( अपेक्षरुपी उनन्सत्तरी हजार सात सय पचास नेपाली रुपैया) सहयोग गरिएको थियो। भने सेडाई गत १९ सेप्टेम्बरका दिन नेपाल एयरलाईन्सको चार्टर्ड उडान मार्फत स्वदेश फर्किएका छन।
प्युठानका ओम बहादुर अधिकारीको लागि
अध्यक्ष कुमालले विभिन्न ब्याक्तिहरु सङ्ग छलफल गरि चन्दा संकलन गर्न सुरु गरि विभिन्न संघ संस्था र त्यसका प्रतिनिधि, समाजसेवी, सहयोगी मनहरु बाट टिकेटको लागत खर्च संकलन गरि जम्मा साउदी रियाल १७७५/- (अपेक्षरुपी एक हजार सात सय सतहत्तर साउदी रियाल) संकलन गरि अधिकारिलाई स्वदेश फर्काएको कुरा कुमालले बताए।
अधिकारिको लागि सहयोग गर्नेहरु संस्थागत किरात राई यायोक्खा शाखा साउदी अरब – ६००/-
युवा कुमाल सनाज साउदी अरब – १६०/
ब्यक्तिगत रुपमा सहयोग गर्ने सहयोगीहरु
१. कृष्ण पुरी – १५०/-
२. सुर्य श्रेष्ठ – १५०/-
३. ईश्वर काप्री – १५०/-
४. अन्जान गुभाजु – १००/-
५. काजी गुरुङ्ग – १००/-
६. नाम नखुलाउने सर्तमा – १००/-
७. श्याम श्रेष्ठ – १००/-
८. खेम तमु – ६५/-
९. रबिन्द्र साह – ५०/-
१०. सुकु गुरुङ्ग – ५०/-
गरि जम्मा साउदी रियाल १७७५ /-
अधिकारी गत २२ सेप्टेम्बर का दिन हिमालयन एयरलाईन्सको चार्टर्ड उडान मार्फत स्वदेश फर्की सकेको कुरा समेत अध्यक्ष ओम कुमाल ले बताए ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker