निजी आवास पुनर्निर्माण तथा विपद् जोखिम न्यूनिकरण सम्बन्धी एक दिने कार्याशाला

भूकम्पबाट क्षति भएर बाँकी रहेका निजी आवास निर्माणमा स्थानीय पालिकाको समेत समन्वय भएमा निजी आवास पुनर्निर्माण यथाशीघ्र सम्पन्न हुने सरोकारवालाले बताएका छन् । जिल्ला समन्वय समिति गोरखाको आयोजना तथा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको समन्वय तथा गोरेटो गोरखाको सहजिकरणमा आयोजित निजी आवास पुनर्निर्माण तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यशालामा उहाँहरुले यस्तो धारणा व्यक्त गर्नुभएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तिर्थ राज भट्टराईले ९० प्रतिशत भन्दा बढी निजी आवास पुनर्निर्माण क्षेत्रमा प्रगति हुनु भनेका शत प्रतिशत सफलता भएको उल्लेख गर्नुभयो । यस्तै उहाँले निजी आवास पुनर्निर्मणमा क्षेत्रमा समेत आफ्नो पदीय दायित्वले भ्याए सम्म नितिगत तथा कार्यगत क्रियाकलापमा मद्दत गर्ने बताउनुभयो । भट्टराईले विपद् जोखिम न्यूनिकरणका क्षेत्रमा समेत स्थानीय तहसंग समन्वय गरेर अगाडी बढ्न तयार रहेको बताउनुभयो । कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले निजी आवास पुनर्निर्माणको क्षेत्रलाई कोभिड जस्तो महामहारीले प्रभाव पारेको अवस्थामा यस कार्यशालाले अगाडी बढ्न सहयोग पुग्ने बताउनुभयो भयो । उहाँले भन्नुभयो, निजी आवास पुनर्निर्माणलाई गति दिन समस्याको पहिचान गर्नु आवश्यक छ । मेयर पन्तले आगामी दिनमा निजी आवास निर्माण वा कुनै पनि विपद् रोकथामका कार्यगर्दा भूगोलको समेत अध्ययन गर्नु आवश्यक रहेको बताउनुभयो । भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाले निजी आवास पुनर्निर्माणमा प्रभावकारी भूमिका खेलेको भन्दै उहाँले परियोजनाले गर्दा प्रवलीकरण गरेका नमुना योग्य घर समेत बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, निजी आवासका साथै प्रवलीकरण एकै साथ लगे समस्या आउँदैन थियो ।
जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले निजी आवास पुनर्निर्माणको क्षेत्रमा कार्यरत नेपाल आवास पुनर्निर्माण परियोजनाले नीतिगत तथा संरचनागत सुधारका लागि स्थानीय तहलाई प्राविधिक ससहयोग गरेकोमा नेपाल सरकारको दीर्घकालिन लक्ष्य प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै, उहाँले स्थानीय तहका जनप्रतिनिधिको माध्यमद्धारा पुनर्निर्माणमा छुट भएका लाभग्राहीको यथार्थ पहिचान गर्न सहज हुने बताउनुभयो । उहाँले विपद्को १० बर्षे रणनितिक योजनाका साथै नीति नियम र निर्देशिका निर्माणमा जिल्ला समन्वय समिति र गोरेटो गोरखाले पालिकास्तरमा जोखिम न्यूनिकरणका लागि प्राविधिक सहयोग गर्दै अगाडी बढ्ने बताउनुभयो ।
यस्तै, कार्यक्रममा सहभागी गाँउपालिका अध्यक्ष÷उपाध्यक्षले गाँउपालिकामा विपद्मा क्षति भएका घरको सरकारले स्पष्ट खाका ल्याउनुपर्ने धारणा राख्नुभयो । उहाँहरुले प्रवलीकरण सम्बन्धी अन्यौलताको अन्त्य गर्न यथाशीघ्र पहल गर्नुपर्ने बताउनुभयो ।
यस्तै, राष्ट्रि«य पुनर्निर्माण प्राधिकरण अन्र्तगत जिल्ला आयोजना कार्यान्वयन इकाई (डिएलपीआइयू )भवनका सिनियर डिभिजनल ईन्जिनियर सुनिता श्रेष्ठले महामारीको रुपमा रहेको कोभिडले निजी आवास पुनर्निर्माणका क्षेत्रमा समेत असर परको अवस्थामा समेत समन्वय गर्न सकिने क्षेत्रमा सेवा प्रदान गरेको बताउनुभयो । यस्तै, उहाँले राष्टिय पुनर्निर्माण प्राधिकरणले समेत प्रवलीकरणका लाभग्राही पूर्ण लाभग्राहीमा जान चाहेको विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो । आवास निर्माण भएका घरमा अन्तिम निरिक्षण महत्व पुर्ण पाटो रहेको भन्दै उहाँले सम्पन्नता प्रमाणपत्र वितरण समेत प्राथमिकतामा रहेको बताउनुभयो ।उहाँले भन्नुभयो, अहिलेको अवस्थामा किस्ता रोकिएको छैन । कार्यक्रममा उहाँले निजी आवास पुनर्निर्माण प्रगति विवरणको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला आयोजना कार्यान्वय इकाई (जिमाली)का प्रमुख रामशरण आचार्यले निजी आवास पुनर्निर्माण दु्रत गतिमा सम्पन्न गर्नका लागि स्थानीय पालिकाको भूमिका समेत उल्लेखनिय रहेको बताउनुभयो । उहाँले जोखिममा परेका लाभग्राही समेट्न स्थानीय तहले सिफारिश गरेमा सहज हुने बताउनुभयो । आचार्यले भूकम्पीय आवास पुनर्निर्माण आयोजना सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । युएनडिपी बाट आउनुभएका विपद् जोखिम न्यूनिकरण विज्ञ सुनिल सन शाक्यले विपद् जोखिम न्युनिकरण र जलवायु परिवर्तन अनुकल सम्बन्धि स्थानीय तहका लागि नीतिगत व्यवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँहले विपद् जोखिम न्यूनिकरणका क्षेत्रमा नीति नियम र स्थानीय तहले कार्यान्वयन बारेमा प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, विपद् जोखिम न्यूनिकरणका लागि स्थानीय स्तरमा ऐन,नीति नियम र निर्देशिका आवश्यक रहेको छ । नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला संयोजक राम सापकोटाले परियोजनाको कार्यक्षेत्रमा निजी आवास उल्लेखनिय ढंगले अगाडी बढेको तथा आगामी दिनमा शीघ्र सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो । यस्तै उहाँले, विपद् जोखिम न्यूनिकरणका क्षेत्रमा समेत परियोजनाले विभिन्न कार्यक्रम अगाडी बढाउने बताउनुभयो । कार्यक्रममा परियोजनाका तर्फबाट सामाजिक विज्ञ घनश्याम खतिवडाले निजी आवास पुनर्निर्माणमा तथा, गोरेटो गोरखाबाट ईश्वर जंग थापाले भूक्ष्य र पहिरो रोकथाम बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा गोरखाका ११ स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षको उपस्थिती रहेको थियो ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.