
भदाै ३० गाेरखा ।
शहिद लखन गाउँपालिका वडा नम्बर ६ स्थित अँधेरी गाउँका रामशरण कुँवर गाउँका असल युवा थिए । गाउँसमाजमा केही काम पर्याे की उनी अघि सर्थे । यानुमाया र बुद्धीमान कुँवरका काइला छाेरा उनी गएकाे असाेज महिना २५ गते विहेगरी मङ्सिरमा आमाकाे तिथि काम सकेर युएइ गएका थिए । पाँच वर्षदेखि विदेशी भूमिमा कार्यरत उनी उमेर २६ वर्ष भर्खर पुगेका थिए ।
भदाै २९ गते विहानै शरणकाे घर पुग्दा उनका ७४ वर्षिय बाबु मलिन अनुहार लिएर घरकाे पिँढीमा बसिरहेका थिए । घटना बारे थाहा पाएपछि चितवनमा रहेका दाइ भाउजु घर आइसेका थिए । ठुला दाइ कतारमा राेजगारीकाे क्रममा हुनुहुन्छ । चार वर्ष अघि दश सन्तानकी आमा यानुमायाले सँसार छाडेपछि ठूलि भाउजुले याे वृहत परिवारकाे हेरचाह गर्दै आएकी छन् ।
बाबुआमाका ६ भाइ छाेरा र ४ दिदि बहिनीका काइला भाइ रामशरण अब कसैले ल्याइदिए बाकसमा मात्र आउन सक्ने गरी भदाै १५ मा आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्याँस लिक भएर पड्किँदा उनकाे ज्यान गयाे ।
उनीसँगै साे दुर्घटनामा दुइ जना भारतीय, दुई जना फिलिपिनो र एक जना श्रीलङ्न नागरिकको ज्यान गएको सम्बन्धित देशका दूतावासहरुले प्रेसनोट मार्फत जानकारी दिएका छन ।
राम्राे कम्पनीकाे रुपमा रहेकाे अमेरिकाना कुवेत फुड कम्पनी अन्तर्गत केएफसी रेस्टुरेन्टमा शरण विगत २ वर्षदेखि कार्यरत थिए । १५ जना नेपाली कार्यरत उक्त कम्पनिमा भएकाे घटनाबारे युएइ प्रहरीले अनुसन्धान गरिरहेकाे छ । रेष्टुरेन्ट नजिकै ग्याँस लाइनकाे पाइप रहेकाे र साेही पड्केकाे हुन सक्ने युएइ प्रहरीले अनुमान गरेकाे छ ।
दिनहुँ नै घर परिवारमा सम्पर्कमा रहेर सुखी परिवार निर्माणमा लागिरहेका रामशरण अस्पतालमा रहेकाे खबर पाएका उनका बाबु ,श्रीमती, दाजुभाइ, छिमेकीहरु विसेक भएर पुन काममा फर्कने आसमा थिए । भदाै २० गते आएकाे फाेनले उनकाे अवस्था बारेमा उनकी भाउजुलाइ थाहा भयाे । केही दिन त शरणकाे बाबु र श्रीमतीलाइ थाहा नदिएर बस्न सकेपनि अन्तमा सबैलाइ थाहा भयाे । खबर पाएकाे दिन देखि बाबु ७४ वर्षिय बुद्धिमान र श्रीमती शुसिलाकाे न आँखा ओभानो रहन सक्याे न दिन नै उज्यालाे ।

अँधेरीकाे कुँवर गाउँमा छिमेकीलाइ बाख्राकाे जिम्मा दिएर बुद्धिमान छाेराकाे अवस्थाबारे जानकारी लिन सदरमुकाम झरेकाे आज १० दिन भैसक्याे । कसले ल्याइदिन्छ छाेरालाइ भन्ने बारेमा बेखबर रहेका उनी आज आउँछ कि भाेलि भनेर पर्खिरहेका छन् । विक्षिप्त हुँदै उनले भने, छाेरालाइ नदेखि अरुले भनेका भरमा कसरी विश्वास गर्नु ? देख्न पाए गाउँमा लिएर जानुहुन्थ्याे । मेराे छाेरा दशैँमा बा भन्दै घर आउँछ की !
सँगाेलमा रहेका परिवारका सदस्यहरुले जहिले पनि अध्याराे देखिरहेका छन् । उनीहरुलाइ विश्वास लागेकाे छैन की रामशरणलाइ केही भएकाे छ । हामीले नदेखी कसरी विश्वास मान्ने उनकाे अवस्था देख्न पाए त्यही हेरेर चित्त बुझ्थ्याे गहभरी आँशु निकल्दै उनकी श्रीमतीले शुसिलाले भनिन । दशैँमा आउँछु भन्नु भएकाे थियाे खै कहिले आउँनुहुन्छ अव दिन हाे की रात हाे केही छुट्याउन सकेकाे छैन उनले भनिन ।

निम्न वर्गीय उनकाे परिवार पछिल्लाे समय गाेरखा नगरपालका वडा नम्वर ९ काे शिखरमा साधरण रुपमा बसाेबास गर्दै आइरहेकाे छ । अँधेरी गाउँमा बुद्धिमान बाख्रा पाल्ने खेती गर्ने काम गरेर बस्दै आएका छन् ।
यूएइमा घटना भएकाे तीन दिनपछि रामशरणकाे शव फेला परेकाे थियाे । घटनाबारे अनुसन्धान चलिरहेकाले कानुनी प्रक्रिया पूरा गरेर मृतकको शव नेपाल पठाउन दूतावासले समन्वय गरिरहेकाे दुतावासकी कर्मचारी रीता धितालले जानकारी दिएकी छन् ।
घटनालाइ नजिकबाट हेरिरहेका ग्लाेवल गाेरखा समाजका उपाध्यक्ष विनाेद श्रेष्ठले भने ,“दुतावाससँग समन्वय गरेर उनलाइ छिटाे गरी नेपाल पठाउने छाैँ, नेपाल सरकारले डेथबडी लैजानका लागि अवराेध गरेकाे छैन । यहाँ एम्वेसीले पनि राम्राे सहजीकरण गरिरहेकाे छ । समस्या भनेकाे जहाज कतिबेला पाइन्छ भन्ने हाे । नेपाल लैजानुपर्ने लासहरु ७० भन्दा धेरैकाे सँख्यामा यूएइमा रहेका दुतावासले जनाएकाे छ । मैले मेराे तर्फबाट सबै साथिहरुकाे सहयाेग लिएर छिटाेगरी रामशरणकाे बडीलाइ नेपाल पठाउन सहजीकरण गर्नेछु।“
मनासलु डट कम बाट