Trending

माछो माछो भ्यागुतो पालुङ्टारका स्वास्थ्यकर्मीहरु

गोरखा संसार

११ भाद्र, गोरखा ।

गोरखाको पालुङ्टार नगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई एक महिनाको तलब सुबिधा प्रोत्साहनस्वरुप दिने भनी निर्णय गरेको समाचार सञ्चार माध्यमबाट थाहा पाएपछि हौसिएका थिए । आर्थिक बर्ष समाप्त भएर पनि २ महिना लागिसक्यो तर उनीहरुले रकम पाउन नसकेपछि यतिबेला निरास बनेका छन् । कोरोना भाइरसका कारण बिश्वमा महामारी फैलिएका कारण स्वास्थ्यकर्मीहरुले फ्रन्टलाइनमा रहेर काम गरिरहेको बताउँदै उनीहरुको मनोबल उच्च राख्नको लागि एक महिना बराबरको तलब सुबिधा थप दिने निर्णय गरेको तर प्राबिधिक कारणबस रकम उपलब्ध गराउन नसकेको तर चालु आ.ब. मा उपलब्ध गराउने नगरप्रमुख दिपकबाबु कंडेलले जानकारी गराउनुभएको थियो ।

स्वास्थ्यकर्मीहरु भने आफूहरुलाई माछो माछो भ्यागुतो बनाएको महसूस भएको बताएका छन् । कोभिड हुुँदा वा नहुँदा कुनै पनि बेला आफूहरुले राज्यलाई सकेको योगदान दिइरहेकै छौं, हामीलाई प्रोत्साहन रकम दिने भनी ललीपप नदेखाएको भए पनि काम गरिनै रहने थियौ तर आसमात्र देखाएर नदिँदा चित्त दुखेको छ, एक स्वास्थ्यकर्मीले बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा भने अन्तिम समयसम्म पहल गर्दा पनि सफ्टवयरमा इन्ट्री गर्न नमिलेकाले दिन नमिलेको बताउनुभयो । आर्थिक बर्षको मसान्तको समयमा आएर सफ्टवयरमा इन्ट्री गर्न नमिल्दा स्वास्थ्यकर्मीहरुलाई दिनुपर्ने प्रोत्साहन रकम तथा योजना अनुगमनका कार्यहरुको रकम समेत भुक्तानी गर्न नपाएको शर्माले बताउनुभयो । साथै स्वास्थ्यकर्मीहरुका लागि दिने भनिएको प्रोत्साहन रकम आगामी बर्ष दिइने पनि अधिकृत शर्माले बताउनुभयो ।

त्यस्तै गरी नगरपालिकाले करारको रुपमा काम गरिरहेका कर्मचारीहरुलाई पनि अहिलेसम्म नियुक्ति दिएको छैन । करार कर्मचारीहरुको करार अबधि असार मसान्तसँगै सकिएको छ तर अहिलेसम्म उनीहरुको बारेमा नगरपालिकाको कुनै ध्यान पुग्न सकेको छैन । यस बिषयमा नगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत शर्मासँग कुरा गर्दा नगरपरिषदले निर्णय गर्नुपर्ने तर अहिलेसम्म निर्णय नभएकाले नियुक्ति प्रक्रिया अघि बढाउन नसकेको बताउनुहुन्छ । त्यस्तै नगरप्रमुख कंडेल पनि करार कर्मचारी राख्ने या हटाउने वा पुन नियुक्ति गर्ने बिषयमा निर्णय गर्न निकै कठिन भएको बताउनुहुन्छ ।

यस बिषयमा पालुङ्टार नगरपालिकाकाे स्वास्थ्य शाखा प्रमुख कृष्ण अधिकारी भने अाफूहरूलाइ जानकारी नभएकाे तर निर्णय भइ अाएकाे खण्डमा कार्यान्वयनमा अाफूहरूले कुनै कसूर बाँकी नराख्ने बताउनुभयाे ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker