कबिता : बाल उपदेश

दीपिका काफ्ले

याे सानाे उपदेशमा गरि मनन्,राखेर छाति यहाँ
धर्तीका तिमी कर्णधार बन है,बाबू र नानी यहाँ ।
मिजयासी दिलले नुहिनछ दुनियाँ,चर्को नबोल्नु अति
बुढा बालकमा दया र ममता ,गर्नु सकेको जति।।(१)

बिद्याभ्यास गरि बिताउनु सधैं,बिहान वा साझमा
विध्या नै अति मुल्यवान भावमा,गन्छन सबैले यहाँ ।
अरुको घरमा फजुल कहिल्यै, जादै नजाने गर
केही काम भए गरेर हरदम ,बस्नु निजैको घर।।(२)

कामै पर्न गयो भने त अरुका,जानू घरमै पनि
सिध्याइ कन काम त्यो यहाँ, फिर्नु तुरुन्तै अनि
जुवा तास कहिल्यै नखेल्नु मदिरा ,कहिले नखानु अनि
चल्नु पर्दछ है सतर्क दिलले,खुस्किनछ पाइला भनी।।(३)

जुवा हाे गुरु चाेरकाे र मदिरा,हत्या पुकार्ने गुरु
तिनका साथमा नबस्नु विपरीत,जानू नि काे हाे बरु
कक्षामा गुरुले दिए जति सबै,अति मनैमा लिनु
साेधेका गुुरुले ती प्रश्नहरुको, सोचेर उत्तर दिनु।।(४)

साँचो बातमा हुदैन डराउनु,निर्धक्क बोल्नु सधैं
बोलैया अथवा नबन्नु छिचराे,गम्भीर बन्नु सधैं
शिक्षा ज्ञान दिने गुरुकन सधैं,सम्मान गर्नु अति
साथिभाइहरु माझ सधैं ,साेझाे गराई मति।।(५)

अर्काको खति वा विगार कहिले,गर्दै नगर्नु अनि
सामुन्ने सहनि गर्याे कि मनले, जान्नु अरि हो भनी
बन्धुले अरुको गएर घरमा ,गाथा सुनाउदछन
बैरिले सगमा बनेर मकडि,चोचचो मिलाउदछन।।(६)

लेखेका अति ज्ञानका ती कविता,पढ्नु सबैका अनि
पढ्नु मात्र हुदैन सार तिनको ,राख्नू मनैमा पनि
बाटाे मात्र दिए बताइ अहिले ,के को म जाने छ र
सन्सारी रितमा चलेर निशिदिन,उधाेग गर्दै गर।।(७)

प्रभात मा बि (स्कुल अफ इन्जिनियरिङ्ग)
भरतपुर २५ चितवन

Back to top button