बाढीका कारण ५ दिनदेखि खानेपानीको अवरुद्धः ९२ घरधुरी प्रभावित

रविन्द्र कंडेल
९साउन,गोरखा ।
बाढीका कारण खानेपानीको मुहान बगाएपछि पालुङ्टार नगरपालिका वडा नं. ७ का ९२ घरधुरी प्रभावित भएका छन ।
नगरपालिकाको वडा नं. ७ का बिरुवाटार, मजुवा,शेरा, मुहाने लगायतका बिभिन्न स्थानहरुमा लगिएको चाम्पानी खानेपानी आयोजनाको मुहान बाढीले बगाएपछि समस्या आएको हो । गत बर्ष मात्र नगरपालिकाको सहयोग तथा बिभिन्न संघसंस्थाहरुको समन्वय र लगानीमा निर्माण गरिएको सो खानेपानी आयोजनाको मुहान बगाउनुका साथै पाइपहरुमा लेदो जमेका कारण खानेपानी अवरुद्ध भएको खानेपानी आयोजनाका अध्यक्ष कृष्णजी श्रेष्ठले बताउनुभयो ।
बिगत ५ दिनदेखि खानेपानी अबरुद्ध भएको र उपभोक्ताहरुको सहयोगमा खानेपानी सञ्चालनको लागि पहल गरिरहेको भए पनि आजसम्म सञ्चालन गर्न नसकिएको अध्यक्ष श्रेष्ठको भनााइ रहेको छ । चाम्पानी खोलाबाट ल्याइएको खानेपानीको लम्बाई मुहानदेखि रिजर्ब ट्याङ्की सम्म ५ किलोमिटर रहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.