Trending

गोरखाको पालुङ्टार र तनहुँको बिमलनगर जोडने पुलको काम अबरुद्ध

१० असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली र तनहुँको बिमलनगर जोडने पक्की पुल निर्माण कार्य अवरुद्ध भएको छ ।
पुल निर्माणका क्रममा केही बिबाद भएपछि आज एक सम्झौता गरी सर्वोच्चमा रहेको बिचाराधीन मुद्धाको फैसला नभएसम्म का लागि निर्माण कार्य रोक्ने सहमति वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठको रोहबरमा सडक डिभिजन कार्यालय र स्थानीयका बीच गरिएको छ ।
असार ९ गते का दिन निर्माण कम्पनीका प्रतिनिधी, वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, स्थानीय बासीहरु सहितको भेलाले सो निर्णय गरेको हो ।
ठेक्का नं. DRODML/3371574/71/72/166 अन्तर्गत सडक डिभिजन दमौलीमार्फत निर्माणाधीन मस्र्याङ्दी नदी पुल को गोरखा तर्फको भागमा एप्रोच रोडमा निर्माण गर्नुपर्ने टेवा पर्खाल,नाली, ग्राभेलिङ तथा घर जग्गा मुआब्जा सम्बन्धी मुद्धा सर्बोच्च अदालतमा बिचाराधीन अवस्थामा रहेकाले सो मुद्धा फैसला नहुँदासम्म काम रोक्ने सहमति गरिएको हो ।
सहमति पत्रमा वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, निर्माण कम्पनीका प्रतिनिधी इ.बिसर्जन बर्तौला, सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर सविन श्रेष्ठ सहित केही स्थानीयहरले हस्ताक्षर गरेका छन् ।
बिमलनगर र च्याङ्ली जोडने उक्त पुलको निर्माण कार्य शुरु भएसंगै च्याङ्लीतर्फका कुमालटारी मा रहेका घरहरुका घरधनीहरुले आफ्नो घर जोखिममा पर्ने भएकाले मुआब्जा माग गरी मा सर्वोच्चमा रिट दायर गरेका थिए । स्थानीयहरुले पहिले पुलको काम शुरु गर्नुअघि ५ मिटर सडक निर्माण गर्र्ने भनी सम्झौता भएको भएता पनि अहिले बढी क्षति भएको र कतिको घरबास समेत उठीबास हुने अवस्था रहेको स्थानीय आनन्द कुमार श्रेष्ठले बताउनुभयो । केही घर तथा घडेरीहरु पूर्ण रुपमा गइसकेको छ ।उहाँका अनुसार मुद्धा दायर गर्नेहरुलाई कतिले बाटो बिरोधी तथा बिकास बिरोधी भनेका छन । तर बास्तवमा आफूहरु बिकास बिरोधी नभएको र आफ्नो लालपूर्जा भएको जग्गा बाटो निर्माण गर्ने क्रममा मुआब्जा माग गरेको मात्र बताएका छन् । उनीहरुले मुद्धा दायर भइसकेको अवस्थामा छिटै मुद्धाको फैसला हुने भएको हुँदा फैसला नहुँदा सम्म मात्र पर्खिन अनुरोध गरेको बताएका छन् ।
उक्त पुलको निर्माण गर्ने जिम्मा सपना निर्माण सेवा ले पाएको छ । निर्माण कम्पनीका इन्जिनियर बिसर्जन बर्तौला का अनुसार ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
उक्त पुलको निर्माण लागत रकम भ्याट बाहेक करीब ११ करोड ८९ लाख रुपैयाँ भएको इन्जिनियर बर्तौलाले जानकारी दिनुभयो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker