एसईई मूल्यांकनका लागि विद्यालयमा मूल्यांकन समिति बनाइने, यस्तो छ मूल्यांकनको पुरा प्रक्रिया

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा(एसईई)कालागि विद्यार्थीको मूल्यांकन गर्नका लागि विद्यालय तहमा एक मूल्यांकन समिति गठन गरिने भएको छ ।

राष्ट्रिय परीक्षाबोर्डले तयार गरेको माध्यमिक शिक्षा परीक्षा(एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा यस्तो व्यवस्था गरिएको हो ।

विद्यालयमा प्रधानाध्यापकको अध्यक्षतामा रहने मूल्यांकन समितिमा सम्बन्धीत कक्षा शिक्षक, नियुक्तिका आधारमा जेष्ठ शिक्षक सदस्य रहने छन् ।

माध्यमिक शिक्षा पाठ्यक्रम, २०७१ अनुसार विद्यालयहरुले लिएका परीक्षाहरु मध्ये अधिकतम पाठ्यक्रम समावेश हुने गरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तरगत परिवर्तन गरी सैद्धान्तिक मूल्यांकन तर्फ विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिइने व्यवस्था गरिएको छ ।

यस्तै प्रयोगात्मक मूल्यांकनका लागि विद्यार्थीहरुको प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनुपर्ने जनाइएको छ ।

विद्यालयमा सञ्चालित कार्यक्रम अनुसार (साधारण/संस्कृत/प्राविधिक) विद्यार्थीहरुको संख्या यकिन गरी विषयगत रुपमा सैद्धान्तिक र प्रयोगात्मक मूल्यांकनको प्राप्तांक विवरण तयार गर्नुपर्ने, परीक्षा आवेदन फारम भरेका, परीक्षा दस्तुर बुझाएका र पाठ्यक्रमले तोके बमोजिम न्यूनतम पचहत्तर प्रतिशत हाजिरी भएका विद्यार्थीहरुको मात्र मूल्यांकन वापतको अंक पठाउनुपर्ने मूल्यांकन समितिको काम, कर्तव्य र अधिकार तोकिएको छ ।

मूल्यांकन समितिले तयार गरेको प्राप्तांक विवरण परीक्षा नियन्त्रण कार्यालयले उपलब्ध गराए बमोजिमको विद्युतीय प्रणाली (अनलाइन/अफलाइन) मा प्रविष्टी (Entry) गर्नुपर्नेछ । त्यसरी विद्युतीय प्रणालीमा प्रविष्टी गरिएको विवरण प्रमाणित गर्नुपर्दा तोकिएबमोजिम पेश भएको प्राप्तांक विवरणलाई आधार मानिने जनाइएको छ ।

विवरण तयार भएपछि मूल्यांकन समितिका सबै सदस्यहरुले हस्ताक्षर गरी विद्यालयको छाप समेत लगाई तीन प्रति शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनुपर्नेछ । सो मध्ये एक प्रति इकाईबाट प्रमाणित गराई प्रधानाध्यापकले विद्यालयमा अभिलेखको रुपमा राख्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

ग्रेडबृद्धि परीक्षार्थीको रुपमा परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको हकमा निज माध्यमिक शिक्षा परीक्षामा नियमित परीक्षार्थीको रुपमा सहभागी हुँदाको बर्षको प्राप्तांकलाई प्रकृया बमोजिम परीक्षा आवेदन फाराम भरेका विषयहरुको मात्र सैद्धान्तिक तथा प्रयोगात्मक प्राप्तांक भरी पठाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

खुला विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हकमा समेत सम्बन्धित विद्यालयले पाठ्यक्रम बमोजिमको प्रकृया अबलम्बन गर्नुपर्ने जनाइएको छ ।

यस्तै, मूल्यांकन समितिले इकाईमा पेश गर्ने विवरणमा सच्याउन, केरमेट गर्न र टिपेक्स प्रयोग गर्न नपाइने, परीक्षा नियन्त्रण कार्यालयमा पेश गरिएको परीक्षा आवेदन फारम अनुसारको सिम्बोल नम्बर, नाम, थर र जन्ममिति रुजु गरी यकिन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

यदि फरक पर्न गएको अवस्थामा सो व्यहोरा उल्लेख गरी परीक्षा नियन्त्रण कार्यालयमापत्राचार गर्नुपर्ने साथै, बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म विद्यालयले मूल्यांकन विवरण गोप्य राख्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

मूल्यांकन समितिले पठाएको विवरण झुठा ठहरेमा वा गलत विवरण पेश गरेको पाइएमा सोको कानून बमोजिम जवाफदेही मूल्यांकन समिति स्वयम् हुने कार्यविधिमा स्पष्ट पारिएको छ ।

जिल्ला भित्रका माध्यमिक तह कक्षा १० सम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृति/सञ्चालन अनुमति प्राप्त गरी सञ्चालनमा रहेका विद्यालयहरुको मूल्यांकन समितिबाट प्राप्त तीन प्रति मूल्यांकन विवरण
शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्ने छ ।

प्राप्त विवरण तोकिएको अनुसूची बमोजिम भए नभएको यकिन गर्ने,  विवरण यकिन गर्दा कुनै विवरण भर्न छुट भएको देखिएमा सम्बन्धित विद्यालयलाई भर्न लगाउने, साथै विद्यालयले विद्यार्थी संख्याअनुसार लाग्ने परीक्षा आवेदन वापतको शुल्क राजश्व खातामा दाखिला गरे नगरेको यकिन गर्ने जिम्मेवारी इकाइलाई दिइएको छ ।

विद्यालयको मूल्यांकन समितिबाट प्रमाणित गरि पेश गरेको विवरणसँग विद्युतीय प्रणालीबाट प्राप्त हुन आएको विवरण रुजु गरी परीक्षा नियन्त्रण कार्यालयले तोकेको सफ्टवेयर अपलोड गर्ने र प्रकृया पुरा भएपछि मूल्यांकन समितिले पेश गरेको मूल्यांकन विवरणमा इकाई प्रमुखले प्रमाणित गरी, पहिलो प्रति परीक्षा नियन्त्रण कार्यालयमा पठाउने, दोस्रो प्रति इकाईमा राख्ने र तेस्रो प्रति सम्बन्धित विद्यालयमा फिर्ता पठाउने जिम्मेवारी तोकिएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईले मूल्यांकन समितिबाट प्राप्त प्राप्तांक विवरणहरुको सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयमा पठाउँदा विद्यालयको कोड अनुसार क्रमशः मिलाई जिल्ला भित्रका सबै विद्यालयहरुको विवरण तोकिएको समय भित्र एकमुष्ट रुपमा पठाउनुपर्नेछ ।

मूल्यांकन समितिले इकाईमा पेश गरेको विवरणमा सच्याउन, केरमेट गर्न र टिपेक्स प्रयोग गर्न नपाइने र कुनै विद्यालय विद्यार्थी मूल्यांकनको प्राप्तांक अनलाइन/अफलाइनमा प्रविष्टी गर्न असमर्थ भएमा उक्त प्राप्तांक प्रविष्टी गर्न सहजिकरण गर्ने काम इकाइले गर्नुपर्नेछ ।

बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म विद्यालयले पठाएको मूल्यांकन विवरण गोप्य राख्नुपर्ने जनाइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाईबाट प्राप्त प्रमाणित सक्कल विवरणसँग विद्युतीय माध्यमबाट पठाईएको विद्यालयगत विवरण रुजु गर्ने काम परीक्षा नियन्त्रण कार्यालयले गर्ने कार्यविधिमा उल्लेख छ ।

इकाइले पठाएको विवरण र परीक्षा नियन्त्रण कार्यालयमा रहेको परीक्षा आवेदन अभिलेखसँग मिले नमिलेको रुजु गर्ने, कार्य सम्पन्न भएपछि अनुसूची अनुसारको प्रमाणित विवरण बमोजिम सैद्धान्तिक र प्रयोगात्मक दुवै खण्डको पूर्णांक र प्राप्तांक रुजु गरी यकिन गर्ने काम परक्षिा नियन्त्रण कार्यलयले गर्ने छ ।

विद्यार्थीले प्राप्त गरेको प्राप्तांकलाई अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ (संशोधन सहित) बमोजिम रुपान्तरण गर्ने, रुजु भएको अन्तिम विवरण नतिजा प्रकाशनको लागि बोर्ड समक्ष सिफारिस गर्ने काम पनि परषिा नियन्त्रण कार्यालयले गर्ने छ ।

बोर्डबाट नतिजा प्रकाशन भएपश्चात अभिलेख अद्यावधिक गरी ग्रेडशिट र प्रमाणपत्र उपलब्ध गराउने काम पनि परीक्षा नियन्त्रण कार्यालयबाट हुने छ ।

Source: Educationpati.com

 

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.