रुकुम घटनाकाे दाेषिलाई कडा कारबाहीकाे माग गर्दै बन्दिपुर गापाका अध्यक्ष थापा मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र

तनहुँको बन्दिपुर १ डुम्रे बजारमा रुकुम पश्चिम नरसंहारमा समलग्न अपराधीहरुलाइ हदैसम्म कारबाहीको।माग राख्दै जातीय नरसंहारको बिरोध र भत्सर्ना सहित मृतकहरु श्रद्धाञ्जलि कार्यक्रम गर्दै बन्दिपुर गाउँपालिका मार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र भुझाइएको छ।

देशव्यापी रुपमा आन्दोलन भैरहेको बेला जातिय आधारमा भएको नरसंहार घटनामा दोषीलाई  ढाकछोप र संरक्षण गर्ने काम भइरहेको हुदा यस्तो कार्य सहय नहुने भन्दै दलित समुदायले भिम बहादुर बिश्वकर्माको अध्यक्षतामा कार्यक्रम गरि गृहमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको हो।

रुकुम भएको घटना मानवीय नभै अमानवीय भएको एउटा दलितको रगतले जनजाति महिला बचाउन हुने बिहे गर्न किन नहुने भन्दै  बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले दलित समुदायको लागि नेपाल सरकारले दिएको अधिकारको खोज गर्न एउटा समुह गठन गरि गाउँपालिकामा सम्पर्क राख्न समेत अनुरोध गर्नु भएको छ । जातिय आधार छुवाछूत गर्न नहुने भन्दै आफुले बन्दिपुरवासीको अभिभावक  हुनुको जिम्मेवारी पूरा गर्ने र आफू सधै न्यायको साथमा रहेको समेत बताउनु भयो ।

तनहुँ जिल्ला दलित संघका उपाध्यक्ष रामकृष्ण सुनारले  दलित समुदाय माथी भएको अमानवीय व्यबहारलाई  अन्त्य गर्नु पर्ने बताउदै हिजोको दस बर्से जनयुद्धमा दलितहरुले दिएको बलिदान परिबर्तनको लागि भएको तर छुवाछूत  मुक्त  देश घोषण गर्दा पनि जातिय आधारमा यस्ता घटना घटेको हुँदा पीडितले न्याय नपाए आफुहरु चुप लागेर नबस्ने बताए।

भानु सस्कृत मा बिका उपप्राध्यापक कृष्ण सुनारले कार्यक्रममा बोल्दै हिजो बुद्धको देश सगरमाथाको देश भनेर चिनिने देश आज जातीय छुवाछूत गरि मान्छेको ज्यान सम्म लिने देश भनेर चिनिएको बताउदै नवराज र उनका साथीहरुको मात्र नभै ५० लाख दलित को आत्मसम्मानको हत्या भएको सबै सपना हक अधिकार भेरी नदिले बगाएको बताए।अब यस्तै छुवाछूत को कारण मान्छेको हत्या सम्म हुने हो भने दलित समुदायले मुक्ति कि मृत्यु रोज्नु परेको दिन आएमा यो दिन राज्यलाई महङ्गो पर्ने बताउनु भएको छ ।

यस्तै तनहुँ नागरिक अभियानका रोहित बिश्वकर्माले जातीय विभेदका कारणले भएको घटनाको सत्यतथ्य छानबिनको लागि जोडदार माग गरेका छन । स्थानीय स्तरमा दलितका हकहितका लागि आएका हरेक अधिकार  दलितलाई दिएर एउटा सामन्त मुलक समाज निर्माण गर्न आग्रह गरेका थिए ।

रुकुम घटनाका दोषीलाई कारबाही होस भन्दै  दबाब  सिर्जना गर्न एक बिज्ञटोलिको छानबिन समिति काठमाडौंमा बन्दै गरेको र छनबिन प्रक्रियामा लाग्ने खर्च देशभरिका सचेत दलितहरु बाट उठाएको र तनहुँ सुन चादी व्याबासायी संघ एकाइ बाट पनि दस हजार सहयोग प्राप्त भएको तनहुँ सारदा कलेजका उपप्राध्यापक सुनारले बताए ।

डुम्रे सुनचाँदी ब्यवसायी इकाईका सचीव हेमलाल भि के ले संचालन गरेको कार्यक्रममाअन्य उपस्थितिमा वडा न १ का वडा अध्यक्ष भानुभक्त पोख्रेल,वडा न ४ का डुम्रे खहरे टोल बिकास सस्थाका अध्यक्ष राजु खड्गी, अटोमेकानिकल संघ डुम्रेका श्याम सदाशंकर, प्रहरी चौकी डुम्रेका प्रतिनिधि,शिबालय आमा समुहका प्रतिनिधिहरु तथा स्थानीय दलित समुदायहरुको उपस्थिति रहेको थियो।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.