गोरखा संसार
जेठ २५,गोरखा
देशैभर रुकुम घटनाको बिरोध तथा प्रदर्शन भइरहेका बेला गोरखाको पालुङ्टार नगरपालिका वडा नं.८ मा पनि आज र्याली तथा कोणसभा सम्पन्न भएको छ । दलित मुक्ति महासँघका केन्द्रिय सचिव होप बहादुर नेपालीको बिशेष अगुवाइमा सञ्चालन गरिएको कार्यक्रममा धुवाँकोटको लामाचौरबाट शुरु भएको र्याली मिलनचोक, बञ्चरे, गौलीटार, कारखेतीटार हुँदै रातमाटेमा आएर कोणसभामा परिणत भएको थियो ।
सम्पूर्ण शहिदहरुको सम्झनामा १ मिनेट मौनधारण गरी शुरु गरिएको श्रद्धाञ्जली तथा बिरोध सभामा रुकुम हत्याकाण्डमा मारिएका ६ जना युवाहरुको फोटोमा फूलमाला तथा अबिर लगाइएको थियो । त्यस्तै कार्यक्रममा केशब परियार, सुजन बि.क., वडा नं.७ का राजकुमार परियार, सीता परियार, पालुङ्टार नगरपालिकाकी कार्यपालिका सदस्य बिमला बि.क., अकला मा.वि.का सहायक प्रधानाध्यापक राजेन्द्र रोका, दुभार प्रा.वि.का प्रधानाध्यापक रामचन्द्र परियार, शिक्षकहरु काजीराम परियार, राजुबाबु परियार, वडा नं. ८ का वडा सदस्य सीता नेपाली लगायतकाले मन्तब्य राखेका थिए ।
सो अवसरमा हत्या सँग सम्बन्धित लघुनाटक समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै अधिकाँश बक्ताहरुले हत्यामा संलग्न दोषीलाई अबिलम्ब कारवाहीको माग गरेका थिए । घटनालाई कुनै पनि बहानामा राजनितीकरण नगर्न र दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन समेत बक्ताहरुले जोड दिएका थिए ।
लकडाउनका बाबजुत पनि कार्यक्रममा बाक्लो उपस्थिति रहेको थियो ।
रुकुम घटनाको बिरोधमा धुवाँकोटमा श्रद्धाञ्जली तथा कोणसभा
Facebook Comments Box