Trending

बन्दिपुर गाउपालिको क्वारेन्टाइनमा रहेका ४ जना घर पठाइए

बन्दिपुर गाउपालिको क्वारेन्टाइनमा रहेका ४ जना लाई आज घर पठाइएको छ। आज एक कार्यक्रमका बिच उनिहरुलाई घर पठाइएको हो।

बिगत २०७६ चैत महिनामा बिदा लिएर घर गएका सिराहा  महोत्तरी सोनमा गाउपालिका वडा न ८ घर भएका बन्दिपुर आयुर्वेद औषधालयका कबिराज मनोज  कुमार महतोका श्रीमती मन्जु कुमारी जो बन्दिपुर आयुर्वेद औषधालयकाका बैध्य हुन्, उनले आफ्ना छोराहरुको परिक्षा सकिएको कारण छोराहरुलाई लिन घर गएका थिए। मन्जु कुमारी चैत २९ गते बन्दिपुर आएका थिए र बन्दिपुर आएपछि तराई गएर आएको र कोरोना सङ्क्रमित हुन सक्ने भन्दै स्थानीयहरुले आवाज उठाउन थालेपछि उनीहरुको परिवार चारै  जना  बर्ष १३ र बर्ष ६ का छोराहरु सहितलाई बन्दिपुर ४ स्थित रत्नराज्य प्रा बि मा बनेको ६ बेड्को क्वारेन्टाइनमा बैशाख १ गतेदेखि स्वास्थ्यकार्मिहरुको प्रत्यक्ष निगरानीमा राखिएको थियो।

आइतबार (आज) १४ दिन पूरा भएको र उनिहरुलाई गत शुक्रबार(आर डि टि) -र्यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ देखिएको हुँदा उनिहरुलाई घर पठाइएको बन्दिपुर गाउपालिकाका स्वस्थ्य शाखा प्रमुख अञ्जीर भट्टराईले बताउनुभयो ।

बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा,प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटा, वडा न ४ का का बा अध्यक्ष दान बहादुर थापा ,स्वस्थ्य शाखा प्रमुख अञ्जीर भट्टराई,बन्दिपुर अस्पतालका डाक्टर डि बि क्षेत्री, बन्दिपुरका प्रहरी प्रमुख रामकृष्ण अधिकारी,  सञ्चारकर्मि ,तथा गाउपालिकाका कर्मचारीहरुको उपस्थिति रहेकोे थियो।भने आज घर पठाइएका सम्पुर्णलाई अझ ७ दिन सम्म होम क्वारेन्टाइनमा रहने गरि पठाइएको गाउँपालिका का अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो भयो।

Back to top button