गोरखाका बासिन्दालाई सम्बन्धित पालिकाले घर फर्काउने

गाेरखा संसार

१४ वैशाख, गोरखा

लकडाउनका कारण लामो समयदेखि काठमाडौं वा अन्य जिल्लामा समस्यामा रहेका गोरखाका बासिन्दालाई सम्बन्धित पालिकाले घर फर्काउने भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा आइतबार सम्पन्न सर्वपक्षीय बैठकले काठमाडौंबाट फर्कन चाहनेहरुलाई घर फर्काउने निर्णय गरेको हो ।

घर फर्कन चाहनेलाई सम्बन्धित पालिकाको कार्यालयले समन्वय गर्ने, सवारी साधनको व्यवस्था गर्ने तर सवारी भाडा यात्रु आफैले ब्यहोर्ने निर्णय भएको बैठकमा सहभागी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले जानकारी दिए ।

गाउँ फर्कन चाहनेहरु समस्यामा परे नपरेको यकिन हुनुपर्ने, स्वास्थ्य, सुरक्षा, असर र प्रभावसमेतको विश्लेषण गरी उचित ठानिएकालाई फर्काउने निर्णय भएको उनले बताए ।

‘गाउँ फर्कन चाहने व्यक्ति समस्यामा परे नपरेको यकिन गरी बिभिन्न ११ वटा बुँदे फाराम भराई विवरण संकलन गर्ने, सो फाराम जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र सुरक्षा निकायलाई पेश गर्ने अनि मात्र उद्धार गर्ने निर्णय भएको छ’, रोकाले भने, ‘त्यस्तै उनीहरुले प्रयोग गर्ने सवारी साधनलाई डिस्इन्फेक्शन गर्ने, ज्वारो लगायतका स्वास्थ्य परीक्षण गर्ने, बिरामी भए छुट्टै सवारी साधनमा राख्ने, सवै यात्रुलाई सर्जिकल मास्क, ग्लोब्स लगाएर मात्र सवारी साधनमा चढाउने, बीच बाटोमा कतै पनि यात्रु नचढाउने, नओराल्ने पनि निर्णय भएको छ ।’ त्यस्तै सम्बन्धित पालिकामा पुगिसकेपछि यात्रु ओरालेर पनि ज्वारो लगायतका स्वास्थ्य परीक्षण गर्ने, कोरोना देखिएकासंग संपर्क भएका र अन्य दृष्टिकोणले शंकास्पद देखिएकालाई मास क्वारेण्टाइनमा राख्ने र सामान्यहरुलाई स्वास्थ्य कर्मीहरुको नियमित निगरानीमा होम क्वारेण्टाइनमा राख्ने निर्णय भएको उनले बताए ।

मासक्वारेण्टाइनमा वा होम क्वारेण्टाइनमा रहेकाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके बमोजिमका सर्तहरु पालना गरे नगरेको सम्बन्धित पालिकाले अनुगमन गर्ने पनि निर्णय भएको छ ।

बिभिन्न शिलशिलामा काठमाडौं वा अन्य जिल्लामा रहेका बासिन्दाहरुले गाउँ फर्कने व्यवस्था मिलाइदिन आफ्ना पालिकाहरुलाई दबाब दिइरहेकाले उद्धार गर्न सबै पालिकाका प्रमुखहरुले प्रस्ताब गरेपछि यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा प्रजिअ पौडेल, गोरखा नगरपालिकाका मेयर राजन पन्त, पालुङटार नगरपालिकाका मेयर दीपक कँडेल, सिरानचोक गाउँपालिकाका प्रमुख राजु गुरुङ, बारपाक सुलीकोट गाउँपालिकाका प्रमुख विष्णु भट्ट, धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङ, आरुघाट गाउँपालिकाका प्रमुख पूर्ण दाहाल, भीमसेनथापा गाउँपालिकाका प्रमुख इश्वर पाण्डे, शहीद लखन गाउँपालिकाका प्रमुख रमेश थापा, गण्डकी गाउँपालिकाका प्रमुख होमबहादुर राना, नेकपाका प्रतिनिधि परशुराम रम्तेल, नेपाली कांग्रेसका गोविन्द गुरुङ, जनता समाजवादी पार्टीका नारायण खत्री, एसपी ओम अधिकारी, प्रमुख सेनानी उज्वल केशी, सशस्त्र प्रहरीका प्रमुख गुणराज न्यौपाने, राष्ट्रिय अनुसन्धानका प्रमुख पप्पु शर्मा, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापालगायत सहभागी थिए ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.