
तनहुँ समाचारदाता
तनहुँ, वैशाख १३ गते ।
तनहुँको भानु नगरपालिका २ भकुन्थोक स्थित हरि वहादुर वस्यालको कुखुरा फर्ममा शुक्रबार राती आगलागी हुदा १ हजार वटा कुखुरा मरेका छन् । वस्यालको फर्ममा आगलागी हुदा ति कुखुरा मरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आगलागी वाट ७ लाख रुपैया वरावरको नोक्सानी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरीका अनुसार खरको छानो भएको फममा राती सुतेका वेला आगलागी भएकाले आगो निभ्याउन भ्याईएको थिएन ।