अमरराज नहर्की
तनहुँ समाचारदाता , वैशाख १३ गते ।
कोरोना भाइरस (कोभिड १९) को संक्रमणका वेला भारत तथा नेपालका विभिन्न ठाउँबाट तनहुँ आइपुगेका २५ जनालाई शुक्रबार देखी क्यारेन्टाइनमा राखिएको छ । भारत लगायत देशका विभिन्न ठाउँबाट तनहुँ आइपुगेका ती व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
व्यास नगरपालिकामा १० जना, बन्दिपुर गाउँपालिकामा ४ जना र भानु नगरपालिकामा ११ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले बताए । स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा राखिएको उहाँले जानकारी दिनुभयो ।
Facebook Comments Box
Post Views: 100