लकडाउन लम्ब्यायउन डा. रविन्द्र पाण्डेकाे सुझाव, कारणसहित

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले अझै तीन हप्ता कडा लक–डाउन गर्न सरकारलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले आगामी तीन हप्ता विश्वको लागि निकै पीडादायी हुने समेत बताएका छन् ।

यस्तो छ उनले दिएका सुझाव :

आगामी ३ हप्ता विश्वको लागि निकै पीडादायी हुनेछ । संक्रमित तथा मृतकको संख्या अकल्पनीय रुपमा बढ्नेछ । यो ३ हप्ताको अग्निपरीक्षा पास गरेपछि आकासबाट आशाका किरण झुल्किने छन् । यो सम्पूण विश्वले आगामी ३ हप्ता कर्फ्यु स्तरको लक डाउन गर्नु जरुरी छ ।

– सीएनएनका अनुसार बोल्दा, सास बाहिर फ्याँक्दा पनि कोरोना भाइरस अर्को मान्छेमा सर्दछ । यो भाइरस ६ फिटको दुरीसम्म मात्र हैन २७ फिटसम्म पनि पुग्न सक्छ भनिएको छ । तसर्थ घरबाहिर पटक्कै निस्किनु हुँदैन ।

– चिनिया, अमेरिकी तथा युरोपियन अनुसन्धानविद्ले भनेका छन् कि कोरोना भाइरस संक्रमण अप्रिलको अन्त्यदेखि हराउंदै जानेछ । हामी सबैलाई अप्रिलभर लक डाउनमा बसेर मे महिनाको प्रतिक्षा गर्नुपर्दछ ।

– अन्तराष्ट्रिय निकायहरुले अहिले सामाजिक दुरीमात्र होइन परिवारभित्र पनि दुरी कायम गर्न अपिल गरिरहेका छन् ।

– सरकारले बिपन्न बर्गलाई तुरुन्त न्युनतम १ महिनाको राहत प्रदान गरोस ।

– काठमाडौंको महँगोमा बस्न नसक्ने मध्यरातमा हिंडेर आफ्नो घरतिर जान थालेको २ हप्ता भयो । उनीहरुलाई फर्काएर समस्या समाधान हुँदैन । आफ्नो गाउँघर जान चाहनेलाई सरकारले सरकारी बस ( साझा, सेना, प्रहरीलगायतका ) प्रयोग गरेर आफ्नो घर जाने अवसर दिनुपर्छ । उनीहरुलाई २ हप्ता ‘गृह एकान्तबास’ को शर्त र अनुगमनमा पठाउनु उपयुक्त हुन्छ । सरकारले भोको पेटमा यहाँ थुन्नु हुँदैन ।

– हाम्रो देशमा कोरोना संक्रमण परिक्षणको दायरा निकै साँगुरो भयो । समुदायमा ब्यापक परीक्षण गरेर आइसोलेसन नगरेसम्म यो रोग भुसको आगो झैं फैलिने डर हुन्छ ।

– सरकारले उद्योग खोल्ने भनेको छ । यदि कुनै उद्योग, कारखाना खोल्ने हो भने त्यहाँका कामदारको कोरोना परीक्षण गरेर मात्र काममा लगाउने, उनीहरुलाई बाहिरबाट नसरोस् भन्नको लागि उद्योग / कारखानामै बस्ने व्यवस्था मिलाउनु पर्छ । अन्यथा १ जना संक्रमित भए भयाबह हुने डर हुन्छ ।

– थोरै कामदार चाहिने काम जस्तै बिद्युत पोल तथा तारको ब्यबस्थापन, चक्रपथ लगायत अन्य भागमा खाल्डा टाल्ने काम, सडकमा रहेका मेलम्चीका पाइपको परिक्षण, भूमिगत तारको काम, अप्टिकल फाइबरको काम, ढलको काम लगायत कामको लागि यो समय स्वर्णिम समय हो ।

– नेपाललाई ठूलो खतरा भनेको हाम्रो खुल्ला बोर्डर हो । कारणबश बिहार र युपीमा कोरोना संक्रमण फैलियो भने हामीले ठूलो क्षति भोग्नुपर्ने हुन्छ । तसर्थ लकडाउनलाई भारतसंग समानान्तर रुपमा लैजानु पर्दछ । यसमा हामी अधैर्य र अपरिपक्व हुनुहुँदैन ।

– कोरोना संक्रमण फैलियो भने हामीसंग अस्पतालमा साधनस्रोत, दक्ष जनशक्ति र लाइफ सपोर्ट प्रणाली एकदम न्यून छ । दशौ हजारको संख्यालाई आबश्यक पर्न सक्ने भेन्टिलेटर देशभर १५० वटा पनि छैनन् । नयाँ भेन्टिलेटर किनेर ल्याउन असम्भब प्राय छ । भेन्टिलेटर चलाउन सक्ने जनशक्ति एकदम थोरै छ ।

– सरकारले गाइडलाइन बनाएर घरमा बसेर काम गर्ने, औषधि लगायतको होम डेलिभरी गर्ने, चिकित्सकले टेलिमेडिसिनबाट पनि उपचार गर्ने, व्यक्तिगत काम घरबाट नै गर्न मिल्ने जस्ता काममा सहयोगीको भूमिका खेलोस् ।

– प्रत्येक प्रदेशमा एक \ एक वटा कोरोना हस्पिटल बनाओस् । हरेक अस्पतालमा ५–७ वटा वेड छुट्याउदा अन्य बिरामीमा सर्ने सम्भावना हुन्छ । तसर्थ सयौ वेड भएका सरकारी वा निजि वा मेडिकल कलेजलाई सरकारले कोरोना डेडिकेटेड अस्पताल बनाओस् ।

– स्वास्थ्यकर्मीलाई अस्पतालको नजिक कुनै होटेलमा बस्ने ब्यबस्था गरोस । पीपीईलगायत गुणस्तरीय उपकरण ( कमिसन नखाइ ) प्रदान गरोस् ।

– यो महाबिपत्तिमा सराकर, जनता सबै मिलेर, सबैजना आत्म अनुशाशन र जिम्मेवार भएर लड्नुको बिकल्प छैन ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.