Trending

युवा समाजसेवी श्रेष्ठद्धारा बाघको आक्रमणबाट ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण ।।

गाेरखा संसार
आँबुखैरेनी, २० फागुन ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–३, पञ्चायत भवन निवासी युवा समाजसेवी अभियान श्रेष्ठले बाघको आक्रमणबाट ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । गत पौंष २० गते बाघको आक्रमणबाट ज्यान गुमाएका आँबुखैरेनी गाउँपालिका–१, रानागाउँका ९ वर्षिय बालक पुजन सिंजाली मगरको घरमा गएर युवा समाजसेवी श्रेष्ठले उनको परिवारलाई नगद रु. ५० हजार १ रुपैंया आर्थिक सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वन मन्त्री तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाको पहलमा नेपाल तरुल दल आँबुखैरेनी गाउँ इकाइ कमिटीका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठले स्वर्गीय पुजन सिंजाली मगरलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, मृतकका परिवारमा भगवानले सहन सक्ने क्षमता प्रदान गरुन भन्दै, राहत स्वरुप सो आर्थिक सहयोग रकम हस्तान्तरण गरेको नेपाल तरुल दल आँबुखैरेनी गाउँ इकाइ कमिटीका सभापति बिजय गुरुङ्गले जानकारी दिनुभयो । मानव सेवामा समर्पित पुण्य कार्यमा सहभागि भएर सक्दो सहयोग गर्न पाउँदा अझै समाज प्रति उत्तरदायित्व बढेको युवा समाजसेवी तथा तरुल दल आँबुखैरेनी गाउँ इकाइ कमिटीका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । आगामी दिनहरुमा पनि समाजमा रहेका विभिन्न विकास निर्माणको कार्य होस या विपन्न वर्ग अथवा दिन दु ःखीलाई आफुले गर्न सक्ने जस्तो सुकै सहयोग गर्न तयार रहेको श्रेष्ठको भनाई रहेको छ । रकम हस्तान्तरण कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, वडा नं. २ का वडाध्यक्ष कटक बहादुर थापा, नेपाली कांग्रेस आँबुखैरेनी गाउँ इकाइ समितीका सभापति केशवनाथ खनाल, नेपाली कांग्रेस आँबुखैरेनी गाउँ इकाइ समितीका बिष्णु पन्त, नेपाल महिला संघ आँबुखैरेनी गाउँ इकाइ समितीकी सचिव मिलन भूजेल, नेपाल तरुल दल आँबुखैरेनी गाउँ इकाइ कमिटीका सभापति बिजय गुरुङ्ग, युवा समाजसेवी एवंम नेपाल तरुल दल आँबुखैरेनी गाउँ इकाइ कमिटीका बरिष्ठ उपाध्यक्ष अभियान श्रेष्ठ लगाएत तरुल दलका अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker