गाेरखाकी चेली डा. अर्यालको ‘अविश्रान्त’ वर्षको उत्कृष्ट उपन्यासका रुपमा सम्मानित

गाेरखा संसार

डा. अम्बिका अर्यालको ‘अविश्रान्त’ उपन्यास शमी साहित्य प्रतिष्ठानद्वारा प्रदान गरिने ‘बादलभित्रको घाम साहित्य पुरस्कारबाट पुरस्कृत र सम्मानित भएको छ । वि. सं. २०७५ सालमा प्रकाशित कृतिहरुमध्येबाट उत्कृष्ट पाँच कृतिहरुको छनौट गरी प्राप्त मूल्याङ्कनका आधारमा उक्त पुरस्कार प्रदान गरिएको थियो । यस क्रममा उपन्यासकार अर्यालको ‘अविश्रान्त’ उपन्यास र दामोदर पुडासैनी किशोरको ‘सहरबिनाको सहर’ कविता कृतिलाई उत्कृष्ट कृतिका रुपमा एक लाख एघार हजार एक सय एघार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला ओडाई संघीय मामिला मन्त्री माननीय हृदयेश त्रिपाठी र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रदान गर्नुभयो । शमी साहित्य प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको ‘बादलभित्रको घाम’ निबन्धसङ्ग्रह कृतिको नाममा स्थापित उक्त पुरस्कारका लागि प्रा. डा. वासुदेव त्रिपाठी, प्रा. डा. देवीप्रसाद गौतम र प्रा. डा. महादेव अवस्थी रहेको एक मूल्याङ्कन समिति गठन गरी उहाँहरुको मूल्याङ्कन आधारमा उत्कृष्ट कृति घोषणा गरिएको थियो । उक्त कार्यक्रममा मूल्याङ्कन समितिका तर्फबाट प्रा. डा. वासुदेव त्रिपाठीले ‘अविश्रान्त’ उपन्यासले प्रेम र मनोविज्ञानलाई उत्तरआधुनिक नवीन शैलीमा आकर्षक ढङ्गले प्रस्तुत गरेको विचार प्रस्तुत गर्नुभयो । यस उपन्यासमा प्रयुक्त प्रेम र मनोविज्ञानमा फ्रायडीयभन्दा उत्तरफ्रायडीय दृष्टि रहेको र आत्मिक प्रेमको सर्वोच्चतालाई स्थापित गरिएको विचार पनि व्यक्त गर्नुथियो । नेपाली उपन्यासमा नवप्रवेशी उपन्यासकार भए पनि अर्यालको प्रस्तुत उपन्यासमा गरिएको विषय र शिल्पको सन्तुलित प्रयोगले उहाँ समकालीन उपन्यासका सम्भावनायुक्त उपन्यासकार देखिएकाले यो पुरस्कार प्रदान गरिएको विचार व्यक्त गर्नुभयो । त्यस्तै कवि पुडासैेनीको उपर्युक्त कविताकृतिमा समकालीन चेतलाई प्रखर रुपमा प्रस्तुत गरिएकाले यस पुरस्कारका निम्ति छनौट गरिएको विचार व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा डा. डम्बर चेम्जोङले प्रस्तुत गर्नुभएको ‘संघीयताको विकासमा बुद्धिजीवी वर्गको भूमिका’ विषयक कार्यपत्रमा पनि छलफल भएको थियो । डा. चेम्जोङले नेपाली भूराजनीतिमा संघीयताको आवश्यकता नभए पनि जबरजस्त लागु गरिएकाले यो असफल बन्दै गएको विचार व्यक्त गर्नुभएको थियो भने सङ्घीय मामिला मन्त्री माननीय हृदयेश त्रिपाठीले नेपाली भूगोल र समाजका विविधतालाई समेट्न संघीयता आवश्यक रहेको जिकिर गर्दै यसलाई असफल बनाउन खेल भइरहको तर सङ्घीयता असफल भए संविधान सभाबाट निर्मित नेपालको ऐतिहासिक संविधान नै असफल हुने धारणा प्रस्तुत गर्नुभएको थियो । उहाँेले साहित्य र राजनीति फरक विषय भए पनि दुवैको केन्द्र समाज भएकाले यी दुई बिचमा परम्पर नजिकको सम्बन्ध रहेको छ भन्ने विचार पनि व्यक्त गर्नुभएको थियो । विशेष अतिथिको मन्तव्यका मध्यमबाट कुलपति गङ्गाप्रसाद उप्रेतीले शमी साहित्य प्रतिष्ठान नेपाली भाषाको समग्र वाङ्मयको विकासका लागि अग्रसर होस् भन्ने शुभकामना दिनुभएको थियो । प्रतिष्ठानका अध्यक्ष साहित्यकार तथा पूर्वमन्त्री प्रदीप नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा डोलिन्द्रप्रसाद शर्माले स्वागत मन्तव्य र उपाध्यक्ष प्रा. डा. देवीप्रसाद गौतमले धन्यवाद ज्ञापन गर्नुभएको थियो । बाबा बस्नेतले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ‘बादलभित्रको घाम’ निबन्ध कृतिमाथि प्रा. डा. कृष्णहरि बरालले प्रकाश पार्नुभएको थियो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.