Trending

विद्यालयको ताला फोडी ४ वटा ल्यापटप चोरी, अनुसन्धान जारी

गोरखा संसार
फागुन १८, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ८ स्थित श्री अकला माध्यमिक विद्यालयको कार्यालयको ताला फोडी ४ थान ल्यापटप चोरी भएको छ । शनिबार रातको समयमा विद्यालयको प्रशाशन कोठामा रहेको ताला फोडी प्रशाशन र कम्प्युटरकक्षको ताला खोलेर ४ थान ल्यापटप चोरी गरिएको प्रधानाध्यापक राजेन्द्र अंगाईंले बताउनुभयो ।
चोरीमा संलग्न को हुन भन्ने अहिलेसम्म खुलेको छैन भने प्रहरीमा जाहेरी गरी चोरीमा संलग्नताको बारेमा अनुसन्धान भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत काराखेतीले बताउनुभएको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker