गाेचेतना सम्बन्धि अन्तरक्रिया सम्पन्न

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७, च्याङली मा रहेकाे अाेमकार याेग अायुर्वेद गुरूकुलकाे अायाेजनामा गाेचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।
हिन्दु धर्मपरम्परा अनुसार गाईकाे निकै महत्त्व रहेकाेले यसकाे संरक्षणका लागि पहल गर्नुपर्ने बताउंदै प्रमुख अतिथि पालुङटार नगरपालिका प्रमुख बिबश चिन्तनले गाई संरक्षण र ब्राह्मण काे दुर्लभता हटाउन अभियान उपयाेगी हुने बताउनुभयो । साेही अबसरमा उहाँले गाई पाल्न सबैलाई प्रेरित गर्नुपर्ने बताउनुभयो ।
गुरूकुलका अाचार्य गाेविन्द रेग्मी काे सभापतित्वमा सम्पन्न कार्यक्रममा गुरूकुल सञ्चालन समितिका अध्यक्ष ई. दिपक बाबु कंडेल ले स्वागत मन्तब्य राख्नुभएको थियाे।
कार्यक्रममा तनहुँका  प्रमुख जिल्ला अधिकारी छवी रिजाल , ब्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्याैपाने, बन्दिपुर गाउँ पालिका अध्यक्ष सुरेन्द्र थापा, बिश्व हिन्दू महासंघ तनहुँका अध्यक्ष कृष्णकान्त काफ्ले, जिल्ला प्रहरी कार्यालय तनहुंका प्रमुख अबदेश बिष्ट, शसस्त्र प्रहरी प्रमुख कमलचन्द्र गैर्हे लगायतकाले अाफ्ना भनाई राख्नुभएको थियाे । ।
कार्यक्रममा गाेरखा, तनहुँ र लमजुङका बिभिन्न तहका व्यक्तित्वहरूकाे उपस्थिति रहेकाे थियाे ।                               कार्यक्रमकाे  सहजीकरण तनहुँका प्रमुख जिल्ला अधिकारी रिजाल र च्याङली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कंडेल ले गर्नुभएको थियाे ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker