डुम्रेको लाखे नाच प्रतियोगिता विश्वकर्मा लाखे च्वांख भक्तपुर पहिलो

तनहुँको बन्दिपुर गाउँपालिका– १ डुम्रेमा शनिबार आयोजित लाखे नाच प्रतियोगिता विश्वकर्मा लाखे च्वांख भक्तपुरले जितेको छ । विभिन्न स्थानका ३१ वटा प्रतियोगि लाखेलाई पछि पार्दै विश्वकर्मा लाखे च्वांख प्रथम हुन सफल भएको हो । उक्त प्रतियोगितामा झिंगु नेवाः पुच डुम्रे द्धितीय भएको छ भने छङ्गेली नेवा खला र बन्दिपुर खड्गमाईले सान्त्वना स्थान प्राप्त गरेको राजेश पियाँले जानकारी गराए ।
‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ डुम्रे साँस्कृतिक एवं सामाजिक संरक्षण समिति डुम्रे तनहुँले आयोजना गरेको लाखे नाच प्रतियोगिताको विजेतालाई ४० हजार ५५५ रुपैयाँ, द्धितीय हुने टिमलाई २० हजार ५५५ र सान्त्वना हुने दुई टिमलाई ५ हजार ५५५ रुपैयाँ नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ। प्रतियोगितामा सहभागि सबै टिमलाई दुई÷दुई हजार रुपैयाँ प्रदान गरिएको छ। यस्तै, हरितालिका तीज पर्वका अवसरमा समितिले चुड्का, तीज गीत तथा नृत्य प्रतियोगिता समेत आयोजना गरेको छ । भाद्रा ३० देखि असोज १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत चुड्का प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार ५५५, द्धितीय हुने टिमलाई १५ हजार ५५५ र सान्त्वना हुने टिमलाई ५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ । यस्तै, खुल्ला तीज गित प्रतियोगितामा प्रथम हुने टिमलाई ७५ हजार १११, द्धितीय हुने टिमलाई ३५ हजार १११ र सान्त्वना टिमलाई १५ हजार १११ रुपैयाँ पुरस्कार व्यवस्था गरिएको कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । तनहुँ उद्योग बाणिज्य संघ डुम्रे बजार इकाई, हरिहर महिला समुह, शिवालय आमा समुह, डुम्रे साँस्कृतिक युवा क्लव, क्षेत्रीय होटल संघ डुम्रे बजार इकाईको समेत आयोजक रहेको साँस्कृतिक कार्यक्रममा विभिन्न खाद्य सामाग्री एवं दैनिक उपभोग्य सामान लत्ताकपडा लगायत वस्तुको खरिद बिक्री गर्ने व्यवस्था समेत मिलाइएको छ । डुम्रे बजारमा पहिलोपटक बृहत तरिकाले विभिन्न खानाको परिकारहरूको सडक खाना महोत्सव, विभिन्न जात्रा एवं साँस्कृतिक कार्यक्रम, लाइभ कन्सर्ट गर्न लागिएको कार्यक्रमका प्रचारप्रसार समिति संयोजक परशुराम अधिकारीले बताउनु भयो । । आज आइतबार चुड्का नाच प्रतियोगिता , सोमबार भोलि खुल्ला तीज गित प्रतियोगिता गरिने भएको छ ।
गत भदौ २० गते डुम्रेमा रोपाइ जात्रा एवं स्थानीय साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.