Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटा सबै ढोका खुला

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटा सबै ढोका खुला

विराटनगर ।  सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका ५६ वटा सबै ढोका खोलिएको छ ।

पूर्वी पहाडी जिल्लामा निरन्तर वर्षा भएपछि आज (सोमबार) बिहान ६ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड ४ लाख ५२ हजार क्युसेक पुगेको छ ।

बिहान ४ बजे गरिएको मापनमा प्रतिसेकेन्ड ४ लाख ६२ हजार क्युसेक बहाव पुगेको थियो । अहिले बिस्तारै पानीको बहाव घट्दै गएको छ ।

पानीको बहाव उच्च भएपछि ब्यारेजका सबै ढोका खोलिएको सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । बहाव उच्च भएसँगै आवतजावतसमेत बन्द गरिएको छ ।

सप्तकोसीमा पछिल्लो तीन दशक यताकै उच्च बहाव भएको जनाइएको छ । सन् १९८९ मा कोसीमा बहाव प्रतिसेकेन्ड ४ लाख ७२ हजार क्युसेक मापन भएको थियो ।

पानीको बहाव घट्दो क्रममा रहेपनि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

ourBiratnagar.com

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.