Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
दाङका एक वृद्धलाई बाढीले बगाएर बेपत्ता

दाङका एक वृद्धलाई बाढीले बगाएर बेपत्ता

दाङ, २८ साउन ।

दाङमा एक वृद्धलाई पत्रे खाेलाकाे  बाढीले बगाएर बेपत्ता भएका छन् ।

घोराही उपमहानगरपालिका–११ निवासी ६४ वर्षीय तिलकराम खोलाले बगाएको हो । घरनजिकै रहेको खोलामा शौच गर्न बसेका विकलाई माथिबाट आएको बाढीले बगाएको प्रहरीले जनाएको छ ।

वृद्धको छाता,चश्मा र लठ्ठी प्रहरीले फेला पारेको छ । बिहान करिब साढे ८ बजे बगेका विकको प्रहरीले अहिले खोजतलासको काम जारी राखेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।

गएराति परेको अविरल वर्षाका कारण दाङका खोलाहरुमा बाढी आउनुका साथै पानीको सतह अत्याधिक बढेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.