ड्युटीमा खटिएका प्रहरी माथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ

गोरखामा ड्युटीमा खटिएका प्रहरी माथि नै हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शहीद लखन गाउँपालिका वडा नम्बर ६ घैरुङ्ग स्थित सार्वजनिक स्थानमा प्रहरी माथि अपशब्द प्रयोग गरी गाली गलौच सहित हातपात गरेपछि उनीहरुलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरु सोही ठाउँमा ३० बर्षका सन्तोष गुरुङ्ग, ३९ बर्षका लोक गुरुङ्ग र २९ बर्षका रुजन गुरुङ्ग रहेको उहाँले जानकारी दिनुभयो । बुधबार राती करिब १ बजेको समयमा सार्वजनिक स्थलमा अत्याधिक मादक पदार्थ सेवन गरी आपसमा झै–झगडा र हो–हल्ला गरेको अवस्थामा ड्युटीमा खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उल्टै उनिहरुले प्रहरी माथि धाक–धम्की दिदै हातपात गरेको डिएसपी श्रेष्ठको भनाई छ ।

प्रहरी माथि हातपात गरेपछि उनिहरुलाई तत्काल नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । पक्राउ परेका तिनै जना बिरुद्ध जिल्ला प्रसासन कार्यालय गोरखामा शान्ति बिरुद्धको कसुर शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । उनिहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको उहाँको भनाई छ ।

 

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker