चौधकिलोमा बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते

चितवन ।

नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका-२९ चौधकिलो पुलमा दुर्घटना भएको हो ।

नारायणगढबाट-मुग्लिनतर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान सो दुर्घटना भएको हो ।

घाइतेमध्ये चालकसहित १८ जनाको पुरानो मेडिकल कलेज र १२ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जानकारी दिए । चालक र अर्का एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था खतरामुक्त रहेको प्रनाउ पण्डितले बताए । दुर्घटनाको कारण अवरुद्ध भएको सडक सवारीसाधन पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker