आँबुखैरेनीको साखरमा दुई माईक्रो बस ठोक्कियो, १२ जना घाईते, १ जना गम्भिर । घाइतेहरूकाे बिवरणसहित

आँबुखैरेनी ।
मुग्लिन–आँबुखैरेनी सडकखण्डमा दुई वटा माईक्रो बस एकापसमा ठोक्किएर दुर्घटना भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित साखरमा मुग्लिङबाट आँबुखैरेनी तर्फ आउदै गरेको बा २ ख ४०२० नं. को माईक्रोबस र विपरीत दिशाबाट मुग्लिङ तर्फ जादै गरेको बा ४ ख ५१७९ नं. को माईक्रोबस अहिले साँझ करिब ७ः२० बजेतिर एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परि १२ जना बा २ ख ४०२० नं. को माईक्रोमा सवार १२ जना यात्रुहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रहरीका अनुसार घाईते मध्य १ जनाको अवस्था गम्भिर छ ।
घाईतेहरु मध्य ४ जनाको उपचार आँबुखैरेनी अस्पतालमा भैरहेको छ भने बाँकी ८ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले बताए । घटनाको विषयमा थप अनुसन्धान भैरहेको पनि उनले बताए ।
घाईते हुनेहरुको विवरण
आबुखैरेनी अस्पतालमा उपचार भईरहेका घाईतेहरु ः–
१) जिल्ला धादिङ निलकण्ठ नगरपालिका वडा नं. १ बस्ने बर्ष २४ को राजु गिरी (अवस्था मध्यम)
२)जिल्ला गोर्खा पालुङटार नगरपालिका वडा नं. ६ बस्ने बर्ष ३६ को राम प्रसाद गुरुङ (अवस्था मध्यम)
३) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ११ बस्ने बर्ष ४० को डिल्लिराम भुजेल (अवस्था सामान्य)
४) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१४ बस्ने बर्ष ३८ की लेकासी गुरुङ (अवस्था मध्यम)
पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेका घाईतेहरु ः–
१) जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं. ४ बस्ने बर्ष अं. २५ को गणेश राई (अबस्था गम्भिर) ।
२) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२१ बस्ने बर्ष ४१ को बिजय पौडेल (अवस्था मध्यम)
३) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२१ बस्ने बर्ष ४५ को प्रेम ठकुरी (अवस्था मध्यम) ।
४) जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१४ बस्ने बर्ष ४४ को मनोज तामाङ
Facebook Comments Box
Uncategorized
गोर्खा संसार

सौर्यको विमानमा मृत्यु भएकाहरूको सब परिवारलाई बुझाउन थालियो

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उड्न लाग्दा दुर्घटनामा परी मृत्यु भएका १८ जना मध्ये १२ जनाको सब परिवारलाई हस्तान्तरण गरिसकिएको बताइएको छ। मृतक सबैको पोस्टमार्टम

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.