Trending

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा गाेरखाका सांसद पाण्डे नियुक्त ः शुक्रबार सपथ लिदै

गण्डकी प्रदेशकाे मुख्यमन्त्री पदमा गाेरखाका सांसद सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएकाे छ ।

गण्डकीमा सत्ता साझेदार दलबीच आलोपालो सरकारको नेतृत्व लिने सहमति अनुसार पहिलो चरणमा पाण्डेले नेतृत्व गर्ने सहमतिअनुरूप पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे ।

नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे लाइ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई बिहीबार संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे ।

यस प्रदेशमा नयाँ सरकार गठनका लागि बिहीबार नै दाबी पेस गरिएको थियो । पाण्डे माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त हुनुभएकाे हाे ।  ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यक पर्छ । संसदमा सवैभन्दा ठूलो दलको हैसियतले कांग्रेसको २७ सीट छ ।

सभामुखसहित माओवादीको ८ सीट रहेको छ भने, स्वतन्त्र सांसद मनाङे पनि गठबन्धनमा छन् । प्रदेश प्रमुखलाई मुख्यमन्त्री दाबी गर्दै ३५ जनाको हस्ताक्षर बुझाइएको थियो । यसअघि पुस २५ मा एमालेका खगराज अधिकारी मुख्यमन्त्री रहनुभएकाे थियाे । राष्ट्रपति निर्वाचनलाई लिएर बनेको नयाँ सत्ता समिकरण अनुसार सरकारबाट माओवादी बाहिरीएपछि अधिकारी नेतृत्व सरकार अल्पमतमा परेको थियो ।

नवनियुक्त मुख्यमन्त्रीलाई शुक्रबार शपथ खुवाउने तयारी रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker