Trending

दुवै मृगाैला फेल भएका सार्कीलाइ ५५ हजार ५८ नगद सहयाेग

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङली, खाल्टे निवासी दुवै मृगाैला फेल भएका लाेक बहादुर सार्कीलाइ नगद रू.५५ हजार ५८ रूपैयाँ सहयाेग गरिएकाे छ ।

पालुङटार नगरपालिका वडा नं. ७ च्याङली, जुडीखाेला निवासी हाल कतारकाे Hyper panda Jeadah कम्पनीमा कार्यरत उत्तम पाण्डेले सहजीकरण गरी साेही कम्पनीमा काम गर्ने नेपालीहरूकाे समेत सहयाेगमा संकलन गरी साे रकम उपलब्ध गराएकाे पाण्डेले बताउनुभयाे ।

सार्की ११ बर्षसम्म मजदुरीका क्रममा साउदीमा रहनुभएकाे थियाे । बिरामी परेर जचाउने क्रममा मिर्गाैला फेल भएकाे थाहा पाएपछि कम्पनीले उहाँलाइ नेपाल पठाएकाे रहेछ तर अाफूलाइ भने नबताएकाे बताउनुहुन्छ । कम्पनीले नेपाल गएर अाराम गर्नु भनेर पठायाे मलाइ झुक्याएछ, चितवन गएर कागजात देखाउँदा मिर्गाैला फेल भइसकेकाे जानकारी गराएकाे र हाल डायलासिस गरिरहेकाे बताउनुभएकाे छ ।

घरमै पुगेर पाण्डेका बुबा रामनाथ पाण्डे र कृष्णप्रसाद पाण्डेले उक्त रकम हस्तान्तरण गर्नुभएकाे थियाे । हस्तान्तरणका क्रममा संचारकर्मी एवं च्याङली सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष रविन्द्र कंडेलकाे समेत उपस्थिति रहेकाे थियाे । सहयाेग रकम पठाउने व्यक्तिप्रति उहाँले हार्दिक अाभार तथा धन्यवाद समेत व्यक्त गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker