च्याङ्ली स्वास्थ्य चौकीमा पौष १३ र १४ गते बृहत निःशुल्क स्वास्थ्य शिविर हुने

पालुङटार ७ गोरखा
गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७को च्याङ्ली स्वास्थ्य चौकीमा आगामी पौष १३ र १४ गते लायन्स क्लब अफ काठमाडौँ दीपसेवाको आयोजना र पालुङटार नगरपालिकाको समन्वयमा सञ्चालन हुने भएको छ ! च्याङ्ली गोरखा काठमाडौँ सम्पर्क समाजको सहआयोजनामा हुन लागेको उक्त शिविरमा विभिन्न विधाका विशेषज्ञ डाक्टरहरूद्वारा स्वास्थ्य जाँच तथा निःशुल्क रुपमा औषधि वितरण गर्न लागिएको गोर्खा काठमाडौँ सम्पर्क समाजका रामकुमार श्रेष्ठले जानकारी दिनुभयो!
शिविरमा स्त्री रोग सम्बन्धी डा. बाबिना रायमाझी, स्त्री रोग सम्बन्धी (Gynecologist):डा. बाबिना रायमाझी, परोपकार प्रसुति गृह अस्पताल, थापाथली का डा. प्रनीशपोखरेल,परोपकार प्रसुति गृह अस्पताल,एपीएफ अस्पतालका अर्थोपेडिक (Orthopedic) डा. सुमित यादव,ग्रान्डे सिटी अस्पतालका बाल रोग विशेषज्ञ डा. रिनेश सापकोटा, एपीएफ अस्पतालका नेत्र रोग विशेषज्ञ(Ophthalmologist) डा. सृजना पौडेल, एपीएफ अस्पतालका ओफ्थाल्मिक अफिसर डा. सन्दीप कुमार श्रीवास्तव,दन्त चिकित्सा (Dental),डा. प्रियांका शर्मा, डा. सिर्सा पन्त, ओम कपन डेन्टलका दन्त स्वच्छता विशेषज्ञ जिना बिक लगायतका विशेषज्ञ डाक्टरहरूले स्वास्थ्य परीक्षण गर्ने च्याङ्ली गोर्खा काठमाडौँ सम्पर्क समाजका गंगालाल श्रेष्ठले बताउनुभयो ! 
च्याङली स्वास्थ्य चौकीमा लगभग सबै प्रकारका रोगहरूको लागि विशेषज्ञ डाक्टरहरूद्वारा निःशुल्क स्वास्थ्य जाँच तथा अत्यावश्यक औषधि शिविर सञ्चालन हुने भएकोले उक्त अवसरको फाइदा लिन च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले अनुरोध गर्नुभएको छ।
पालुङ्टार नगरपालिकाको वडा नम्बर ७ भित्र रहेका विभिन्न सामाजिक संघसंस्था तथा स्थानीय क्लबहरूले समेत कार्यक्रममा सहयोगीको भूमिका निभाउने बताइएको छ जसको मिडिया पार्टनरमा गोर्खा संसार मिडिया प्राली र बन्दीपुर एफएम रहने पनि बताइएको छ। त्यस्तैगरी काठमाडौँमा रहेको ताजा बेकरी, मयुर हरवल जिएलएस इन्टरप्राइजेज प्रायोजकको भूमिकामा रहेको बताइएको छ। रहेको छ

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.