रातकाे समयमा हाेहल्ला गरी प्रहरीमाथि जाइलाग्ने २ जनामाथि मुद्दा दर्ता

रातकाे समयमा हाेहल्ला गरी प्रहरीमाथि जाइलाग्ने २ जनामाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता भएकाे छ ।

सार्वजनिक स्थानमा अशान्ति मच्चाई हिड्ने गोरखा नगरपालिका–१० छेपेटारका ३६ बर्षका रणबहादुर थापा र सिद्वलेख गाउँपालिका–४ धादिङ घर भई हाल गोरखा नगरपालिका–१० छेपेटारमा बस्ने २९ बर्षका सुब्बा मगरलाई पक्राउ गरेको प्रहरीकाे भनाइ रहेकाे छ ।

प्रहरीमाथि हातपात गरेको अभियोगमा प्रहरीले गोरखा छेपेटारबाट उनीहरूलाई पक्राउ गरेको हाे ।

गत सोमबार राती साँढे आठ बजे नगरपालिका १० टक्सारमा हो–हल्ला गरी हिडेको अबस्थामा उनीहरुलाई सम्झाइ बुझाइ गर्न पुगेको प्रहरीमाथि नै उनीहरुले हातपात गरेको प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताउनुभयाे । त्यसपछि प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी १० दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.