रिकभर परियोजना अन्तर्गत सँयुक्त अनुगमन सम्पन्न

भानु / फाल्गुण १७
तनहुँ जिल्लाको भानु नगरपालिकामा रिकभर परियोजना अन्तर्गत भएका विभिन्न क्रियाकलापहरूको अनुगमन गरिएकाे छ । भानु नगरपालिका अन्तरगत संचालन गरिएकाे कार्यक्रमहरुकाे प्रभावकारिता मापनको लागि नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीको नेतृत्वमा सँयुक्त अनुगमन कार्य सम्पन्न भएको हाे ।
रिकभर परियोजनाले गरेको आवास पुनिर्माण, जीविकोपार्जन र खानेपानी योजनाको स्थलगत अनुगमन गरियो । अनुगमनको क्रममा भानु नगरपालिका भानु नगरपालिका—२ मा रहेको ठुलोपँधेरो खानेपानी योजनाको पानी सँकलन ट्याँकी, पाइपलाइन, धारा र स्थानीयसँग योजनाको बारेमा छलफल गर्दा योजनाले स्थानीयको जीविकामा सहजता ल्याउने कुरामा सकारात्मक रहेको पाइएको थियो ।
“स्थानीयको समस्या समाधानको लागि नगरपालिका सदैव तयार रहेको र कुनै पनि बिकास सँरचनाको निर्माण गर्दा स्थानीयको अर्थपूर्ण सहभागिता भएको खण्डमा योजना दिगोरूपमा रहने र अपनत्वको भावना विकास भई योजनाको प्रभावकारितामा बृद्धि हुन्छ ।” मेयर त्रिपाठीले भन्नुभयो ।
रिकभर परियोजनाले २०७२ सालको भूकम्पमा परि विभिन्न जोखिमताको कारणले हालसम्म आवास पुनर्निमाण गर्न नसकेका अति जोखिमयुक्त घरपरिवारको लागि विभिन्न योजना अन्तर्गत आवास पुनर्निमाण गरिरहेको छ ।
सोहि वडामा निर्मित २ वटा पूर्ण सहयोगमा निर्माण गरिएका घरहरूको स्थलगत निरिक्षण गरि घर निर्माणको गुणस्तरियता र अन्य पक्षमा छलफल गरिएको थियो । चरम गरिबी, पर्याप्त जग्गाको अभाव, कार्यशक्तिको अभाव, भरपर्दो रोजगारीको अभाव आदि जस्ता समस्याहरूको कारणले जोखिमतामा परेका घरपरिवारको लागि नगरपालिकाबाट आवश्यक सहयोग गर्ने नगरपालिकाकी उप-मेयर उमा गाेतामेले प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।
जीविकोपार्जनमा सुधार ल्याई योजना सहभागी (लाभग्राही)को जीवनमा सकारात्मक परिबर्तन ल्याउन परियोजनाले विभिन्न क्रियाकलापहरू गर्दै आएको छ । सीप तथा प्रविधिको हस्तान्तरण, स्थलगत ब्यवहारिक तालिम, नविन प्रविधिको अभ्यास लगायतका विभिन्न गतिविधि मार्फत भानु नगरपालिकामा कृषि तथा पशुपँक्षीजन्य उत्पादनमा सुधार ल्याएको छ ।
चुँदीबेशी खानेपानी योजनाको निर्माण गरि करिब ४२ घरधुरीलाई खानेपानीको सहजता प्रदान गरि खेरगएको पानीबाट कृषिजन्य उत्पादन गरिरहेको छ । यसै नगरपालिकाको वडा ४ मा कृषक पाठशालाको माध्यमबाट स्थानीयको तरकारी उत्पादनमा क्षमता बृद्धि गरेको सो पाठशालाका सँयोजक पुरुषोत्तम श्रेष्ठले बताउनु भएको थियो ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले परियोजनाको प्राविधिक सहयोगमा स्थानीयले गरेको उत्कृष्ट ब्यवस्थापन मार्फत लोभलाग्दो उत्पादन गरेको बताउनुभयो । “परियोजनाले प्रदान गरेको ब्यवहारिक सीप तथा ज्ञानको हस्तान्तरणले स्थानीयको क्षमतामा सकारात्मक परिबर्तन ल्याएको र गैरसरकारी सँस्थाले प्रभावकारी रूपमा कार्यगरेको छ । आवश्यक सहयोग र समन्वयको लागि ज्ञान केन्द्र सदैब तयार रहेको छ ।” तिवारीले बताउनुभयो ।
भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद खतिवडाले नगरपालिकाको तर्फबाट समन्वय र सहकार्यको लागि तयार रहेको र परियोजनाले वास्तविक रूपमै उत्कृष्ठ कार्य गरेको बताउनुभयो । त्यसैगरि सप्रोस नेपालका कार्यक्रम प्रबन्धक भानु लिम्बुले स्थानीय सरकारको रूपमा रहेको नगरपालिकाले प्राविधिक तथा प्रकियागत रूपमै आवश्यक बजेटको विनियोजन गरि कृषि, आवास र खानेपानी योजनाको निर्माण तथा पुनर्निमाणमा ध्यान दिन अनुरोध गर्नुभएको थियो ।
रिकभर परियोजना सिआरएस नेपाल, लमुन्ती आवासको लागि सहयोग समुह र सप्रोस नेपालको सहकार्यमा कास्की, तनहुँ, लम्जुङ्ग, मकवानपुर र चितवनका १५ पालिकाहरूमा सञ्चालित रहेको छ ।

Facebook Comments Box
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

वनको बाँदर वनैमा कार्यक्रम अन्तर्गत आज विभिन्न स्थानहरूमा वृक्षारोपण

पालुङटार नगरपालिकाकाे १५ अाै नगरसभाबाट पारित नीति, याेजना तथा कार्यक्रम अनतर्गत वनकाे बादर वनैमा कार्यक्रम कार्यन्वयन गर्ने क्रममा मिति २०८१/०३/०५ मा भएकाे वन उपभोक्ता समिति

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.