कैदी बन्दीहरुका लागि तनहुँ कारागारमा पुस्तक हस्तान्तरण तथा निशुल्क स्वास्थ्य शिविर

कैदी बन्दीहरुका लागि युवा नेता समाजसेवी रवि अधिकारीको अध्यक्षतामा आज तनहुँ कारागारमा पुस्तक हस्तान्तरण तथा निशुल्क स्वास्थ्य शिविर।

युवाहरुको सामाजिक संस्था टिम नेपो तनहुँले कारागार कार्यालय तनहुँमा “पुस्तक परियोजना” मार्फत कैदीहरूका लागि शुक्रबार एक कार्यक्रमका बिच सो संस्थाद्वारा स्थापित पुस्तकालयमा दुई सय थान पुस्तक हस्तान्तरणका साथै कैदिबन्दीका निम्ति नि:शुल्क स्वास्थ्य शिविर आज समापन गरेको छ । कारागार सुधार परियोजना अन्तर्गत नेपालका कारागारहरूमा पुस्तकालय स्थापना गर्दै आएको उक्त संस्थाले कैदीहरूको पुनर्स्थापना, पठन संस्कृतिको प्रवर्द्धन र कारागारलाई सुधारगृहको रुपमा स्थापित गर्ने उद्देश्यसहित उनीहरूलाई सूचना र शिक्षाको अधिकार सुनिश्चिता दिने लक्ष्य राखेको छ ।

कार्यक्रमको सभापति टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारी हुनुहुन्थ्यो भने प्रमुख अतित्यथा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष डा. निगम पौडेल, निमित्त कारागार कार्यालय प्रमुख नारायणप्रसाद अधिकारी, पुस्तक परियोजनाकी परियोजना संयोजक सरिना सुवेदी, बागमती प्रदेश संयोजक यशोदा पौडेल, गण्डकी प्रदेश संयोजक प्रवेश पण्डित, प्रदेश सचिब सुजन लौडारी, टिम नेपो तनहुँका सल्लाहकार तथा पूर्व अध्यक्ष गोविन्द तिमिल्सेना, कार्यक्रम संयोजक उमेश पौडेल, तनहुँ जिल्ला कि पुस्तक परियोजनाकि कार्यक्रम संयोजक मनिसा आले पनि उपस्थित हुनुहुन्थ्यो । कैदीबन्दी तथा संस्थाका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले टिम नेपो तनहुँले जिल्लामा विभिन्न रचनात्मक कार्यक्रम हरु गर्दै आइराखेको कुरा प्रशंसनीय रहेको र संस्था को सम्पूर्ण कार्यक्रम एबम पहलमा नगरपालिकाको सधै साथ रहेको नगरप्रमुखले बताउनु भयो । दमौली कारागारका निमित्त कार्यालय प्रमुख नारायणप्रसाद अधिकारीले टिम नेपोको यस परियोजनाले कारागारलाई सुधार केन्द्रको रुपमा स्थापित गर्न ठुलो टेवा पुर्याएको भन्दै आयोजक टिम नेपोलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो ।

टिम नेपोका संस्थापक अध्यक्ष डा. निगम पौडेलले कैदीबन्दीलाई किताब पढ्नमा समय लगाउन आग्रह गर्दै समाजकै एक हिस्सा भएकाले कारागारबाट सुरु भएको परिवर्तनले सिंगो समाजलाई नै सकारात्मक दिशा तर्फ डोराउन प्रोत्साहन गर्ने कुरामा आफु निश्चित भएको बताउनु भएको थियो भने कार्यक्रमको समापन कार्यक्रमका सभापति रवी अधिकारीले गर्नु भएको थियो ।
पुस्तकालय स्थापना भए सगै कैदीबन्दीका लागि निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै संस्थाले महिला कैदीहरूलाई १०० थान सेनेटरी प्याड हस्तान्तरण गरेको थियो । उक्त शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप तथा सुगर जाँच र औषधिहरू नि:शुल्क वितरण गराइएको थियो भने थप टेस्ट तथा उपचार आवश्यक पर्ने बिरामीहरूलाई जिल्ला अस्पताल तथा केन्द्रीय कारागार अस्पतालमा रेफर पनि गरिएको डा. पौडेलले बताए । १६० कैदीबन्दी (१४५ पुरुष र १५ महिला) तथा कारागारका सुरक्षाकर्मी र अन्य कर्मचारीसहितले सेवा लिएको उक्त शिविर व्यास नगरपालिका, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँ, कारागार कार्यालय तनहुँ तथा समाधान अस्पतालको सहयोगमा आयोजना भएको कार्यक्रमको उद्घोषण टिम नेपो तनहुँका सचिव रमेश नेपालीले गर्नुभएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.