चन्द्राबतीमा ब्यवशायीक कृषकहरुसँग अन्तरकृया

तनहुँको भानु नगरपालिकाको चन्द्राबतीमा ब्यवशायीक कृषकहरुसँग अन्तरकृया गरिएको छ ।
नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा कृषि तथा पशुपालनको क्षेत्रमा रहेका समस्या र योजनाको सम्भाब्यता अध्ययन गरी कृषि र पशु बिकासको पञ्च वर्षिय रणनीतिक योजना निर्माण गर्ने उदेश्यले गरिएको कार्यक्रममा कार्यक्रममा सहभागी कृषकहरुले पशु बिमाको भुक्तानीमा समस्या हुने गरेको, कामदारको अभाव हुने गरेकाले सम्बन्धित निकायले बेलैमा देशमै बस्न प्रेरित गर्ने खालका कार्यक्रम ल्याउनु पर्ने, उत्पादित बस्तुले उचित मूल्य नपाएको, बजारीकरणको समस्या, अनुदान कार्यक्रम सोझ–साझा कृषकको पहँुचमा नभएको, बिना ब्याजमा कृषि ऋणको ब्यवस्था गरिनु पर्ने, कृष्लिाई उद्योगमा जोड्नु पर्ने, कृषि एमबुलेन्सको ब्यवस्था गरिनु पर्ने, बाँदर नियन्त्रणमा ध्यान दिनु पर्ने, कृषकलाई प्रोत्साहन हुने खालका कार्यक्रम ल्याउनु पर्ने लगाएतका समस्या राखेका थिए ।
नगर प्रमुख त्रिपाठीले कृषि पेशालाई मर्यादित पेशाको रुपमा बिकास गर्न नगरपालिका सदैब अग्रशर रहने बताउँदै भानु १ मा रहेको कृषि संकलन केन्द्र छिट्टै संचालनमा ल्याउने तयारी भैरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा कृषि, उर्जा तथा जलश्रोत मन्त्रालय गण्डकी प्रदेशका सचिव सहदेव प्रसाद हुमागाईले कृषकहरुको मागको आधारमा सरकारले योजना बनाउन लागेको भन्दै वास्तविक कृषहरुलाई सरकारले प्रोत्साहन गर्नु पर्ने धारणा ब्यक्त गर्नु भएको छ । साथै उहाँले एक वडा एक कृषि र एक पशु प्राविधिकको ब्यवस्था गरी कृषि क्षेत्रमा ब्यवशायीक बनाउनु पर्ने भन्दै गाउँघरको जग्गा जमीन बाँझै राखी बाहिरी देशबाट गुणस्तरहीन खाद्यन्न भित्रिरहेकाले त्यस तर्फ सजग रही आम नेपालीलाई कृषि कर्ममा लाग्न आह्वान गर्नु भएको छ ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारीले उत्पादनको आधारमा अनुदानको ब्यवस्था गर्नु पर्ने र त्यसका लागि कृषकहरुलाई वर्गिकरण गरिनु पर्ने बताउनुभयो । बाँदरले कृषहरुलाई दुख दिने र बालीनाली सखाप पारेकोले बाँदर आतंकलाई नियन्त्रण गर्न राट्रिय बहस गर्न जरुरी रहेकोले संसदको ध्यान जान पनि अपरिहार्उ रहेको बताउनु भएको छ ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डाक्टर बालकुमार श्रेष्ठले जिल्लामा बंगुरको पाठापाठी र बंगुर आवश्यकता भन्दा बढी उत्पादन भएकोले बजारीकरणमा समस्या हुने गरेको बताउँदै दाना चोकर आदीको मूल्य दिन प्रतिदिन बढ्दै गएकाले घाँसमा आधारित पशुपालन गर्न कृषकहरुलाई आग्रह गर्नु भएको छ ।

Facebook Comments Box
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.