लमजुङमा समृद्धिको ढोका ढकढकाउँदै छु : पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमाहासचिव तथा लमजुङ प्रतिनिधि सभा सदस्य उम्मेदवार पृथ्वीसुब्बा गुरुङले आँफुले लमजुङमा समृद्धिको ढोका ढकढक्याउन थालेको बताउनु भएको छ । चुनावी अभियान अन्तर्गत राईनासका विभिन्न क्षेत्रमा केण सभा तथा घरदैलो कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका निवर्तमान मुख्य मन्त्री पनि रहेका गुरुङले आँफुले लमजुङको विकास निर्माण र समृद्धिको बाटो खुलाई सकेको बताउनु भएको छ । अब आफू संघको उम्मेदवार बनेको र यी अधुरा रहेका अन्य कामका लागि आँफुले काम गर्ने बताउनु भएको छ ।

लमजुङमा नेपालडाँडा, तिनपिप्ले, बोराङखोला, विचौर सम्मको बाटो कालोपत्रे गर्ने र लमजुङका सबै वडामा केन्द्र सम्म जोड्ने बाटो निर्बाध रुपमा सँधै चल्न सक्ने बनाउने योजना आफ्नो हुँदा हुँदै गर्न नपाए पनि अबका पाँच बर्षमा यी सबै काम पूरा गर्ने पनि बताउनु भएको छ ।

फरक प्रशंगमा बोल्दै उहाँले व्यवस्था बदल्नु पर्छ भन्नेहरु पहिले आँफै सुध्रिएर आउनु पर्ने बताउनु भएको छ । राष्ट्रपति प्रणाली भएका राष्ट्रका हालत हेर्न पनि उहाँले आग्रह गर्नु भयो । आफू भष्ट्रचारमा लिप्त हुने अनि आँफै व्यवस्थालाई गालि गर्नेहरु सँग सचेत हुनु पर्ने पनि बताउनु भएको छ ।

यहि अवसरमा उहाँले राईनास ४ सातबिसेमा नेपाली काँग्रेस परित्याग गरि ५ जना नेकपा एमालेमा प्रवेश गराउनु भएको थियो ।

 

साभारः Sunaulopatrika

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.