देश बनाउन नसक्नेलाई मंसिर ४ गते बिस्थापित गर्नुपर्छ ः लिङ्देन

गोरखाको पालुङटारमा शनिवार आयोजित चुनावी सभालाई संवोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले  ‘मंसिर ३ सम्म हामीलाई, नेतालाई, पार्टीलाई गाली गर्न छुट छ, देश बनेन् भनेर गुनासो गर्नुहुन्छ, बनाउन नसक्नेलाई मंसिर ४ गते बिस्थापित गर्नुप¥यो नि !’ नेता मात्र होईन तिनैलाई भोट दिएर पठाउने जनतापनि दोषि रहेको उनले बताए ।

अहिले देश ओरालो लाग्ने क्रममा रहेको उनले बताए । कृषि प्रधान देशमा पैसा तिरेर एक बोरा युरिया मल पाइएन भनेर किसानले गुनासो गर्ने गरेको बताउँदै उनले भने ‘अरबौँ पैसा छुट्याईन्छ, कसरी कमिसन पाईन्छ भन्दैमा बर्खा लाग्छ, यो हरेक सालको कथा हो ।’

मतदातालाई उनले भने ‘तपाई बिग्रनुहोस केही छैन तर तपाईलाई देश बिगार्ने छुट छैन, छोराछोरीको भविष्य बिगार्ने छुट छैन, यती कुरा याद गरेर मतदान गर्नु ।’

राप्रपाले सबैभन्दा धेरै उम्मेदवार उठाएको बताउँदै उनले कांग्रेस, माओवादी लगायत गठबन्धनका दल कसैलेपनि सय भन्दाबढि उम्मेदवार उठाउन नसकेको बताए । आफैँ सरकार बनाउन ताकत गठबन्धनका कुनैपनि पार्टीले नराख्ने उनले दावी गरे । गठबन्धनबाट सबै जोड्दा पुग्यो भने फेरी शेरबहादुर देउवा प्रधानमन्त्री हुने भन्दै उनले भने ‘उहाँ ७९ वर्षको हुनुभयो, पाचौँ पटक प्रधानमन्त्री हुनुभयो, ८० वर्ष पुगेर छैठौँ चोटी प्रधानमन्त्री हुँदा के यो देश बन्छ त ।’

द्वन्द्वको नाममा उर्भर समय नेपालको खेर गएको र देश ५० वर्ष पछाडी परेको उनले बताए । ‘हामीले धेरै प्रगती ग¥यौँ राजा हटायौँ भन्छन्’ अध्यक्ष लिङदेनले भने ‘तर यो परिर्वतनको परिणाम एउटा राजा हटाएर अर्को राजपरिवार खडा भएको छ ।’

नातागोता र आफन्तका लागिमात्रै यो काम लागेको उनले बताए । राप्रपाले उठाएका विषय एउटा पार्टीको नभएर साझा देशको कुरा भएको उनले बताए । नेता र राजनीतिक अगुवाले बिकृत गरेका कारण युवा र वुद्धिजीवीको राजनीतिक प्रति बितृष्ण बढेको उनले बताए । अहिले नेतृत्व गरिरहेका पुस्तालाई बिस्थापित गरेर शासन प्रणालीमा सुधार गर्नुपर्ने उनले बताए । अहिलेको प्रणालीपनि असफल भएको उनले बताए ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.