पालुङटार नगरपालिका वडा नं ६, ठूलोचौर स्थीत लिगलिग शान्ति वाटिकामा गौतम बुद्धको मूर्ति अनावरण चैत ८ गते मंगलबार पालुङटार नगरपालिकाका नगरप्रमुख दिपक बाबू कंडेलले अनावरण गर्नु भएको छ ।
पालुङटार नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत गत आर्थिक वर्षको रु. ९ लाख र यस आ.व को रु. ५ लाख गरी कुल १४ लाखमा पार्कको संरचना सहित मूर्तिको निर्माण सम्पन्न भएको हो । कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोविन्द बराकोटी, वडा नं ३ का वडा अध्यक्ष रेशम ब. अधिकारी, वडा नं ९ का वडाध्यक्ष भेजराज पाण्डे लगाएत स्थानीय समाजसेवी राजनीतिककर्मी लगायतको उपस्थिति रहेको थियो