गाेरखा १४ मा एकल महिला समुह गठन अध्यक्षमा धन कुमारी पन्त

पालुङटार, माघ २७                                               नगरपालिका वडा नं. १४ मा मानवअधिकारका लागि महिला एकल महिला समुह गठन गरिएकाे छ  ।

जसकाे अध्यक्षमा धनकुमारी पन्त  चयन हुनुभएकाे छ । त्यस्तै समितिकाे उपाध्यक्षमा टिका कुमारी श्रेष्ठ , काेषाध्यक्षमा मधुमाया श्रेष्ठ   र सचिवमा राधिका भण्डारी   रहेका छन् ।

वडा नं. १४ काे वडा कार्यालयमा   सम्पन्न भएकाे साे कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा जिल्ला समन्वय समितिका सदस्य इन्द्रा गुरूङले मन्तव्य राख्नभएकाे थियाे कार्यपालिका सदस्य बिना कैनीले मन्तव्य राख्नुभएकाे  थियाे ।  त्यस्तै गरी कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी सल्लाहाकार कुमारी गुरूङ लगायतकाले मन्तव्य राखेका थिए । गाेरखा जिल्लाकाे ९४ वटै वडामा समूह गठन गर्ने याेजना रहेकाे र यसअघि जिल्लाकाे अजिरकाेट र सिरानचाेक गाउँपालिकामा यसअघि नै समूह बनाइसकिएकाे मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी अध्यक्ष एवं केन्द्रिय सदस्य मिना अधिकारीले जानकारी दिनुभएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.