एकल महिला समुह धुवाँकाेटकाे अध्यक्षमा कमला शर्मा चयन

पालुङटार, माघ २७

पालुङटार नगरपालिका वडा नं ८ मा मानवअधिकारका लागि महिला एकल महिला समुह गठन गरिएकाे छ  ।

जसकाे अध्यक्षमा कमला शर्मा चयन हुनुभएकाे छ । त्यस्तै समितिकाे उपाध्यक्षमा भगवती काराखेती, काेषाध्यक्षमा रेवती खतिवडा र सचिवमा रेनुका कुमाल रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरूमा शारदा खाती, बिष्णु बानियाँ,जमुना कार्की, शान्ती कुमारी श्रेष्ठ, भगवती बि.क.र सेतीमाया नेपाली  रहेका छन् ।

वडा नं. ८ काे वडा कार्यालयमा सम्पन्न भएकाे साे कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा जिल्ला समन्वय समितिका सदस्य इन्द्रा गुरूङले मन्तव्य राख्नभएकाे थियाे भने  वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेल ले बिशेष  अतिथिकाे रूपमा मन्तव्य राख्नुभएकाे  थियाे ।  त्यस्तै गरी कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी सल्लाहाकार कुमारी गुरूङ, पालुङटार नगरपालिका वडा नंं ७ की वडा सदस्य भगवती कुमाल लगायतकाले मन्तव्य राखेका थिए ।

गाेरखा जिल्लाकाे ९४ वटै वडामा समूह गठन गर्ने याेजना रहेकाे र यसअघि जिल्लाकाे अजिरकाेट र सिरानचाेक गाउँपालिकामा यसअघि नै समूह बनाइसकिएकाे मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी अध्यक्ष एवं केन्द्रिय सदस्य मिना अधिकारीले जानकारी दिनुभएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.