पार्किङ गरी राखेकाे माेटरसाइकलमा अागजनी गर्ने एक पक्राउ

गोरखा १०, भदौ ।

गोरखा बजार नजिकै एक माेटरसाइकलमा आगो लगाइएकाे छ । गोरखा नगरपालिका वडा नम्बर ५ काे पश्चिमकाली मन्दिर घुम्न गएका एक युवकले पार्किङ्गमा राखेकाे माेटरसाइकलमा आगो लगाइएकाे हाे । सदरमुकामबाट साे स्थान करिब २ किलाेमिटरकाे दुरीमा पर्छ ।

माेटरसाइकल पूर्ण रुपमा नष्ट भएकाे छ । घटना करिब सवा ४ बजे घटेकाे प्रहरीकाे भनाई छ ।

आगाे लागि नष्ट भएकाे लु २६ प ८७९८ नम्बरकाे माेटरसाइकल गोरखा नगरपालिका ५ मान्द्रेढुङ्गा घर भएका सन्देश पाण्डेकाे रहेकाे खुलेकाे छ । उनि सदरमुकामकाे शक्ती माविमा काेराेनाे बिरुद्धकाे खाेप लगाएर फर्किदै रहेकाे र पश्चिमकालीमा आरामका लागि बाइक पार्किङ्ग गरेर मन्दिर परिसरमा गएका बेला आगो लगाइएकाे बताइएकाे छ ।

घटनामा संलग्न भएकाे भन्दै साेही स्थानबाट प्रहरीले एक जनालाई पक्राउ समेत गरेकाे डिएसपी प्रकाश दाहालले सिभिलखबरलाई बताए । पक्राउ पर्नेमा गोरखा नगरपालिका ९ ठिगुरेश्वाँरा घर भएका १९ बर्षिय अमृत कमर रहेकाे बताइएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनकाे भनाई छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.