तरुण दल आँबुखैरेनीद्वारा खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण ।।

आँबुखैरेनी, ११ श्रावण ।
नेपाल तरुण दल आँबुखैरेनीले विभिन्न क्लब तथा सुरक्षाकर्मीचारीलाई खेलकुद तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । त्रिवेणी युवा क्लब मुग्लिनलाई १ थान फुटबल, फ्रेन्डसीप युवा क्लब आँबुखैरेनीलाई १/१ थान फुटबल र जाली, हिमालय युथ क्लब ईच्छाकामना चितवनलाई २ थान फुटबल वितरण गरिएको नेपाल तरुण दल आँबुखैरेनीका अध्यक्ष बिजय गुरुङले जानकारी दिनुभयो । यस्तै तरुण दलले अस्थाई प्रहरी पोस्ट पुलजिपलाई ३०० पिस मास्क, अस्थाई ट्राफिक प्रहरी पोस्ट आँबुखैरेनीलाई २०० पिस मास्क र सडक विभाग तनहुँका कामदारलाई १०० पिस मास्क वितरण गरिएको गुरुङले बताउनुभयो ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.