गोरखा ११, साउन ।
५ बर्ष अगाडी गाडी तोडफोड गरेर फरार भएका घ्याम्पेशालका एक पुरुषलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
२०७३ साल असार १३ गते भिमसेन थापा गाउँपालिका १ को घ्याम्पेशालमा ना ५ ख ७२११ र ना ५ ख १०४९ नम्बरको याुत्रबाहक बस तोडफोड गरि जिल्ला प्रशासन कार्यालय गोरखाले १ लाख २७ हजार ५०० जरिबाना सुनाएपछि भागेका बारपाक सुलिकोट गाउँपालिका ८ का ४६ बर्षिय चुर्णबहादुर गुरुङलाई सोमबार गोरखा सदरमुकामबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
तोडफोड पछि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको उत्त मुद्दाको २०७७ साल असोज २२ गते गुरुङलाइ उक्त रकम जरिवाना र १ महिना कैद फैसला गरेको प्रशासन कार्यालयले जनाएको छ । गुरुङलाई आजै जिल्ला प्रशासन कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।