मुस्लिम समुदायले आज इदुलफित्र पर्व मनाउदै

मुस्लिम समुदायले आज इदुलफित्र पर्व मनाउदै छन् । रमजान महिनाभरकाे राेजा (ब्रत) सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा खुसी र शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् ।

इश्लामिक क्यालेण्डर अनुसार नवाै महिना रमजान महिनाभरकाे व्रत समेर दशाै साैवाल महिनाकाे पहिलाे तारिखका दिन ईद मनाउँने प्रचलन छ। चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।

विशेष गरेर इद पर्वका दिन बिहान मस्जिद, इदगाह लगायतमा भेला भई सामुहिक नमाज पढ्ने, आफन्त, नातेदारहरु बिच खुसी साँटासाँट गर्ने प्रचलन छ । तर यसपालि कोरोना भाइरस संक्रमणको जोखिमका कारण घरमै बसेर ईद मनाउदै छन् ।

यता नेपाल मस्लिम आयोग, नेपाल मुस्लिम संघ लगायत अन्य मुस्लिम संघसंस्था र मस्जिदहरुले समेत घरमै बसेर ईद मनाउन आह्वान गरेका थिए ।

साथै यस पर्वमा खुशीपूर्वक दान गरेर दिनदुःखीलाई सहयोग गर्ने, एक बर्षसम्म कमाएको सम्पत्तिबाट २ दशमलव ५ प्रतिशत धार्मिक कर तिर्ने र यसरी तिरेको रकमलाई सामुहिक संकलन गरी सामाजिक सेवामा लगाउने वा गरिव, असहायलाई बाड्ने प्रचलन पनि छ ।

इदका दिन सिभिलखबरलाई स‌ंक्षिप्त प्रतिकृया दिदै नेपाल मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तारले अघिल्लाे बर्ष जस्तै याे बर्षपनि पर्वलाई घरभित्र आफ्नाे परिवारसंग मात्रै मनाइएकाे बताएका छन् ।

सामुहिक पढिने इदकाे नमाज समेत घरभित्रै परिवारमा मात्रै सिमित गरि सम्पन्न गरिएकाे उनकाे भनाई छ । साथै उनले सम्पूर्ण मुस्लिम तथा गैर मुस्लिम समुदायलाई सरकारले ताेकेकाे स्वास्थ्य सुरक्षाका मापदणडलाई पालना गरी सुरक्षित रहन समेत आह्वान गरेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.