अादिकविमा खेलकुद पुरस्कार बितरण

आदिकवि भानुभक्त क्याम्पसमा खेलकुद पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रम मंगलबार बिहान सम्पन्न भएको छ । क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख तथा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष शान्ति रमण वाग्लेले खेलमा विजयी विद्यार्थीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र बितरण गर्नुभएको थियो ।उक्त अवसरमा प्रमुख अतिथि वाग्लेले खेलमा विजयी विद्यार्थीहरुलाई बधाई दिँदै खेलाडीहरुले अनुशासित र धैर्य हुन अनिवार्य रहेको वताउनु भएको थियो। उक्त अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमिल्सेना, उपाध्यक्ष बुद्धिमान श्रेष्ठ र क्याम्पस प्रमुख महाप्रसाद हडखलेले वधाई ज्ञापन गर्नुभएको थियो । अतिरिक्त क्रियाकलाप समितिका संयोजक रविन केसीको सभापतित्वमा आयोजित कार्यक्रममा संचालक समितिका सदस्य होम बहादुर रसाइली, सहायक क्याम्पस प्रमुख कल्पना लम्साल, निवर्तमान क्याम्पस प्रमुख श्रीकृष्ण न्यौपाने, क्याम्पसको गुणस्तर सुनिश्चितता समितिका संयोजक आत्माराम बास्तोला, विभागीय प्रमुख, प्राध्यापक कर्मचारी र विद्यार्थीहरू समेतको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा अतिरिक्त क्रियाकलाप समितिका सदस्य प्राध्यापक तिलबहादुर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालक स्ववियू उपसभापति सुदर्शन पोखरेलले गर्नुभएको थियो ।

वार्षिक खेलकुद प्रतियोगतामा सेभेन ए साइड पुरुष फुटबल तर्फ बिबिएस प्रथम वर्षका रोहीत क्षेत्रीले नेतृत्व गरेको टिम प्रथम र कक्षा १२ व्यवस्थापन समूहको उमेश आलेले नेतृत्व गरेको टिमले दोश्रो पुरस्कार प्राप्त गरेको छ । पुरुष फुटबल तर्फ कक्षा ११ शिक्षा समूहको किरण आचार्यले नेतृत्व गरेको समूह प्रथम र बिए प्रथम वर्षको प्रवेशचन्दले नेतृत्व गरेको टिमले दोश्रो पुरस्कार प्राप्त गरेको छ । यसैगरी महिला फुटबल तर्फ बिए प्रथम वर्षका अंकिता मल्लले नेतृत्व गरेको टिमले प्रथम र प्रकृति अधिकारीले नेतृत्व गरेको कक्षा १२ को भलिबल टिमले दोश्रो पुरस्कार प्राप्त गरेको छ । पुरुष डवल व्याडमिन्टन तर्फ BICTE को विकल श्रेष्ठ र आनन्द सोतीको जोडीले प्रथम र कक्षा १२ को कुमार थापा र विराज घर्तीको जोडीले दोश्रो पुरस्कार प्राप्त गरेको छ । त्यसैगरी महिला डवल ब्याडमिन्टन तर्फ कविता सुर्खाली र होस्टेलका वृन्दा देवी वाग्लेको जोडीले प्रथम र BICTE का आचल शाहा र सुप्रिया श्रेष्ठको जोडीले दोश्रो पुरस्कार प्राप्त गरेको छ । पुरुष टेबलटेनिसमा कक्षा ११ का सन्दीप रानाभाट र मिलन थापाको जोडीले प्रथम र बीए प्रथम वर्षका राजकुमार आले र प्रशान्त चन्दको जोडी ले दोश्रो पुरस्कार प्राप्त गरेको छ । पुरुष लङ्ग जम्प खेलमा कक्षा १२ का विद्यार्थी मिलन थापाले प्रथम र विविएस प्रथम वर्षमा अध्यनन मनसुन आलेले दोश्रो दोश्रो पुरस्कार प्राप्त गरेको छन । महिला लङजम्प खेलमा कक्षा १२ की सरस्वती श्रेष्ठले प्रथम र वविता रानाभाटले दोश्रो पुरस्कार प्राप्त गरेको छन । पुरुष सेभेन ए साईड फूटबलमा अनुप पन्थ र भलिबलमा मिलन गुरुङले उत्कृष्ठ खेलाडी पुरस्कार प्राप्त गरेका छन् ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.